कांग्रेसले  साताभित्र  नेता छान्ने - Pahilo Online

कांग्रेसले  साताभित्र  नेता छान्ने

writer

पहिलो अनलाइन

काठमाडौं, १३ फागुन  । नेपाली कांग्रेसले एक साताभित्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार भएको प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकले बुधबारभित्र दलको नेता चयन गर्ने निष्कर्ष निकालेको हो।

‘फागुन १५ वा १६ गतेभित्र कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्छ,’ केन्द्रीय सदस्य एवं सांसद मीनबहादुर विकले भने, ‘पार्टीले निर्वाचन समिति गठन गर्छ । त्यसले नै दलको नेता छनोट प्रक्रिया अघि बढाउने छ।’

प्रतिनिधितर्फ ६३ सांसद रहेको कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह आकांक्षी छन् । गुटगत आधारमा प्रतिनिधिसभाको टिकट र समानुपातिक सांसद् छनोट गरेको कांग्रेसभित्र सभापति देउवा स्पष्ट बहुमतमा छन् । देउवाको पक्षमा मात्र ३६ सांसद भने नेता रामचन्द्र पौडेल (सिंह) निकट २४ मात्र छन् । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समुह निकट भनिएका तीन सांसद गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीको मत पनि देउवालाई परे ३९ हुनेछ।

दलको नेता चयनपूर्व कांग्रेसले आइतबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले संसदीय दलको विधान पारित गर्ने छ । प्रतिनिधि र राष्ट्रियसभा संसदीय दलको संयुक्त बैठकले दलको विधानलाई परिमाजन गरेपनि केन्द्रीय समितिले त्यसलाई अनुमोदनपछि मात्र कार्यान्वयनमा आउने छ।

२०४८ सालको संसदीय दलको विधानलाई नै निरन्तरता दिएको कांग्रेसले संवैधानिक व्यवस्था बाहेक अन्य विषयमा हेरफेर नगरेको विकले जानकारी दिए । ‘२०४८ को पार्टी संसदीय दलको विधानलाई आधार बनाएर केही संवैधानिीक विषय परिर्माजन भएका छन्,’ उनले भने । कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाको छुट्टाछुट्टै दलको नेता चयन गर्ने छ । राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes