घरमै बनाउनुस् गाँजरको हलुवा - Pahilo Online

घरमै बनाउनुस् गाँजरको हलुवा

सजिलो छ तरिका

writer

पहिलो अनलाइन

हलुवा धेरै प्रकारका हुन्छन् । नेपाली भान्सामा प्रायः सुजीकै हलुवा पाक्ने गरेको छ । गाजरको हलुवा भने कमै पाक्छ । गाजरको हलुवा स्वस्थ र स्वादिलो परिकारमा पर्छ । यसलाई पहिले भारतीय परिकारको रूपमा लिइन्थ्यो । तर, नेपालमा पनि यो परिकार अहिले निकै रुचाइएको पाइन्छ । नेपालका प्रायः पार्टी हल, होटेल र रेस्टुरेन्टमा गाजरको हलुवा पाइन्छ । तर, इच्छा भए घरकै भान्सामा पनि यो परिकार तयार गर्न गाह्रो हुँदैन ।

सामग्री (प्रतिव्यक्ति):-
गाजर मसिनो गरेर कोरेको ४०० ग्राम, दूध १ कप, घ्यु ४ चिया चम्चा, चिनी ४ चिया चम्चा, अलैँची÷सुकुमेल ३–४ पिस, काजुरकिसमिस ५–६ पिस ।

बनाउने विधि:-
सबैभन्दा पहिले ग्यासचुल्होमा तावा बसाल्नुहोस् । तावा तातेपछि घ्यु राख्नुहोस् र राम्रोसँग खराउनुहोस् । खराएको घ्युमा अलैँची या सुकुमेल राख्नुहोस् । अलैँचीरसुकुमेल राखेको ४–५ सेकेन्डभित्र कोरेको गाजर राखिदिनुहोस् र राम्रोसँग चलाउनुहोस् ।

केही समय चलाएपछि चिनी राख्नुहोस् र फेरि चलाउनुहोस् । चलाउँदै गर्दा दूध राख्नुहोस् । दूध राखेर चलाउँदै गर्दा १०–१५ मिनेटमा सुक्न थाल्छ । दूध सुकेसँगै गाजर पनि सुक्खा हुन थाल्छ । यसपछि काजुरकिसमिस राखेर राम्रोसँग चलाउनुहोस्, ताकि हलुवामा सबैतिर लाग्न पाओस् । अब गाजरको हलुवा तयार भयो ।

नोट :- गाजरको हलुवा आफ्नो इच्छाअनुसार तात्तातो या केहीबेरपछि हल्का चिसो बनाएर पनि खान सकिन्छ । स्वाद र स्वास्थ्य दुवै पाटोबाट यो सामान्य तर उत्कृष्ट परिकारमा पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes