बीपीमा हाडजोर्नीको आकस्मिक कक्ष सञ्चालन - Pahilo Online

बीपीमा हाडजोर्नीको आकस्मिक कक्ष सञ्चालन

writer

पहिलो अनलाइन

धरान, १२ फागुन । विरामीको चाप र स्वास्थ्य सेवालाई गुणस्तरीय एवं व्यवस्थित गराउन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विहीबार देखि छु्ट्टै हाडजोर्नीसँग सम्वन्धित रोगका लागि आकस्मिक कक्ष सन्चालनमा ल्याएको छ ।

आकस्मिक कक्ष सन्चालनमा आएपछि अव हाडजोर्नीका विरामीलाई सहज हुने भएको छ । हालको आकस्मिक कक्षमा नै यसअघि प्रतिष्ठानमा आएका हाडजोर्नीका विरामीको उपचार हुदै आएको थियो । प्रतिष्ठानले जिओपीडिमा आकस्मिक कक्षको शुरु गरेको हो ।

२० बेडबाट सञ्चालनमा ल्याइएको कक्षले हाडजोर्नीका विरामीलाई सहज र सुलभ ढंगबाट उपचार गराउन तथा आकष्मिक कक्षमा भएको भीडलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियरले वताउनु भयो ।

प्रतिष्ठानमा अहिले प्रतिदिन ३ हजार भन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् । सबै प्रकारका विरामीलाई आकष्मिक कक्षमा राखेर उपचार गर्दा विरामीले राम्रा उपचार नपाउने र चिकित्सकलाई समेत विरामीको उपचारमा कठिनाई हुने गरेको थियो ।

यसैगरि अस्पतालभित्र सञ्चालित फार्मेसी पनि अब प्रतिष्ठानले नै सञ्चालन गर्ने तयारी गरेको बताउदै आइतबारबाट प्रतिष्ठानले नै फार्मेसी पनि सञ्चालन गर्ने पनि रौनियरले जानकारी गराएका छन् ।

विगतमा प्रतिष्ठान भित्र व्यवसायी पवन अग्रवाल लगायतको समूहले सरकारी निर्णय र आदेस लत्याउँदै सेटिङमा फार्मेसी चलाउँदै आएको थियो । स्वास्थ्य मन्त्रालयले अस्पतालभित्रको फार्मेसीले नै संचालन गनुपर्ने भन्दै प्रतिष्ठानलाई पटक पटक पत्राचार गरेको थियो । तर पनि प्रतिष्ठान प्रशासन व्यवसायी अग्रवालको समूहलाई त्यहाँवाट हटाउन सफल बनेको थिएन ।

प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले अर्थोपेडिक सम्बन्धी विरामीहरु आकस्मिक कक्षमा दैनिक २० देखि २५ जना आउने गरेको बताए । उनले प्रतिष्ठानका विभिन्न इमर्जेन्सी कक्षमा दैनिक करिव दुइसय विरामी उपचारकालागि आउने गरेको जानकारी गराएका छन् । अर्थोपेडिक इमर्जेन्सी प्रतिष्ठानको मुख्य विल काउण्टर र जनलरल ओपिडी व्लकसंगै रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes