हाइड्रोसिलको निःशुल्क उपचार - Pahilo Online

हाइड्रोसिलको निःशुल्क उपचार

writer

पहिलो अनलाइन

रंगेली, ९ फागुन । मोरङको रंगेलीमा रहेको जिल्ला अस्पतालमा पुरुषहरुलाई हुने हाईड्रोसिलको निःशुल्क उपचार सेवा सञ्चालन भइरहेको छ ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको सहयोग तथा रंगेली अस्पतालको सहकार्यमा पुस ९ गतेदेखि रंगेली अस्पतालले हाईड्रोसिलको उपचार सुरु गरेको हो ।
दुई महिनाको अबधिमा अस्पतालले १ सय २० जना युवा र बृद्धहरुको अप्रेसन सफलतापूर्वक गरिसकेको जनाएको छ । अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, रतुवामाई नगरपालिका, धनपाल गाउँपालिकासहित भारतको कुवाडी, भोजपुर, बथनाहलागायतका स्थानका विरामी उपचारको लागि आउने गरेका छन् ।
बिराटनगर स्थित कोशी अञ्चल अस्पतालका जनरल सर्जल डा.क्षितिज गिरी, न्युरो सर्जन डा.त्रिनेत्र कर्णलगायतको उपस्थितिमा रंगेली अस्पतालमा हाईड्रोसिलको शल्यक्रिया भइरहेको छ । आफूले अहिलेसम्म ६ सयभन्दा धेरै युवाहरुको हाईड्रोसिलको अप्रेसन गरिसकेको डा.गिरीले बताउनुभयो ।
तराई क्षेत्रमा सबैभन्दा धेरै मजदुरी गर्ने, भारी सामान बोक्नेहरुलाई हाईड्रोसिलको समस्या देखिएको छ । हाईड्रोसिल भनेको पुरुषहरुको अन्डकोषमा पानी भरिएर ठूलो हुनु हो । अन्डकोषको नियमित रुपमा सरसफाइ नगर्दा इन्फेक्सन भएर तथा हात्तीपाइले रोगको कारण पनि हाईड्रोसिल हुने चिकित्सकहरुले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes