कांग्रेस संसदीय दलमा कोइराला - Pahilo Online

 कांग्रेस संसदीय दलमा कोइराला

writer

पहिलो अनलाइन

विराटनगर, ८ फागुन । नेपाली कांग्रेस प्रदेश नम्बर एकको संसदीय दलको नेतामा सुनसरीका राजीव कोइराला निर्विरोध निर्वाचित भएका छन्।

दलको नेताका लागि तीन जनाको उम्मेद्वारी थियो। केदार कार्की र शेखरचन्द्र थापाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन्। दलका नेताको लागि सोमबार २ बजे निर्वाचनको समय तोकिएको थियो। यद्धपि त्यसअघि नै कोइराला निर्विरोध भएका हुन्।

निर्विरोध निर्वाचित कोइरालाले संसदमा आफूले रचनात्मक प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने बताएका छन्। यद्यपि विकास निर्माणका क्रममा भने उनले संसदीय दलसँग समन्वय गरेर अगाडि बढने बताए।

२०१९ सालमा सुनसरीको चाँदबेलामा जन्मिएका कोइराला २०३५ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट राजनीतिमा सक्रिय भएका हुन्। यसक्रममा उनको पहिलो खुड्किलो नेपाल विद्यार्थी संघ थियो। यद्धपि हाल उनी नेपाली कांग्रेस सुनसरी जिल्लाको सभापति रहेका छन्। पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निकट कोइरालाले सभापतिसम्मको यात्राका क्रममा सदस्य र सचिवको भूमिका समेत निर्वाह गरिसकेका छन्। मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनका क्रममा कोइराला सुनसरी जिल्लाको क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्।

प्रदेशसभा संसदमा नेपाली कांग्रेस २१ सिटसहित दोस्रो ठूलो दल हो। प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ जना प्रदेशसभा सदस्य कांग्रेसबाट छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes