विपन्न नागरिक कोष प्रभाबकारी भएन - Pahilo Online

विपन्न नागरिक कोष प्रभाबकारी भएन

writer

पहिलो अनलाइन

काठमाडौं, ८ फागुन ।  त्रि.वि शिक्षण अस्पताल (टिचिङ)  बाट मात्रै आर्थिक बर्ष २०७३/०७४ मा बिपन्न नागरिक कोषबाट ९ सय ५ जनाले सेवा लिएका छन् । जसमध्ये पुरुष ५ सय ८४ जना र महिला ३ सय २१ जना रहेको अस्पताल प्रशासन प्रमुख गोबिन्द प्रधानले जानकारी दिए ।

उनका अनुसार हेमोडाईलासिस २ सय १ जना, पार्किसन्स १२, प्रत्यारोपण ३०, क्यान्सर ३५, स्पाइनल इन्जुरी ४०  र पार्किसन्सका ३ जना महिलाले गत वर्ष सेवा लिएका छन् । यस्तै पुरुषतर्फ हेमोडाईलासिस ३ सय ४७, पार्किसन्स ४०,प्रत्यारोपण ११८,क्यान्सर ३२ र स्पाइनल इन्जुरी  भएका ४७ जनाले सेवा लिएका छन् ।  

यस्तै चालू  आर्थिक वर्ष २०७४/०७५ को साउन २ देखि फागुन ५ सम्म मृगौला २ सय ४ ,क्यान्सर ७०,स्पाइनल इन्जरी ८६, हेड इन्जुरी ८,पार्किन्सस १ , सिकलसेल एनिमिया १  र  प्रत्यारोपणको लागि ३६ जना बिरामी भर्ना भएका छन् । यस्तै  डायलसिस पनि  ८ सय २६ पटक गरिसकिएको प्रधानले जानकारी दिए ।

पछिल्लो ६ महिनाको तथ्याङकअनुसार गत वर्ष भन्दा यो आर्थिक वर्षमा “बिपन्न नागरिक कोष”बाट सेवा लिनेको संख्या बढ्ने देखिएको प्रशासन प्रमुख प्रधानले बताए ।

बास्तविक विपन्नले पाएनन्
सरकारको “बिपन्न नागरिक कोष”बाट नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहँदा अस्पतालाई पनि बास्तविक विपन्न छुटेको भान भईरहेको छ । सरकारले जसको लागि  कोष खडा गरेको हो त्यो व्यक्ति अझै पनि यो सेवाबाट बञ्चित भएको प्रमुख प्रधान बताउँछन् ।

बिपन्न नागरिकको सेवा लिनको लागि व्यक्ति परिवारको सबै आर्थिक अवस्थाबारे जानेर मात्रै बिपन्नको लागि सिफारिस गरिन्छ । जिल्लाबाट सिफारिस हुँदा घर,जग्गा कस्तो ठाँउमा छ,  परिवारको आर्थिक अबस्था कस्तो छ लगायतका सबै विवरण भर्नुपर्ने हुन्छ ।  तर,  सोही फारम हेर्ने हो भने बिपन्न भन्न नमिल्नेहरु आउने गरेको प्रधान बताउँछन् । जिल्लाका सम्बन्धित निकायले  मापदण्ड बिनै बिपन्नको सिफारिस दिने गरेकाले सोहि अनुसार  अस्पताल प्रशासन सेवा दिन बाध्य भएको उनको भनाई छ ।

नागरिकलाई सेवा दिनको लागि बनेको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि प्रथम संशोधन २०७१ को दफा १३ अनुसार  बिपन्न नागरिकलाई औषधि उपचार वापत आर्थिक सहायता उपलब्ध गराउन कोष स्थानपना गरिएको हो ।  कोषको संचालन गर्न वास्थ्य मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका संशोधित ,२०७१ बनाई लागू गरेको हो ।

सबै भन्दा धेरै क्यान्सरका बिरामी 
देशभरका अस्पतालबाट कोषमार्फत गत वर्ष २० हजार भन्दा धेरै नागरिकले सेवा लिएका छन् । सेवा लिएका मध्ये ५० प्रतिशत क्यान्सरको बिरामी छन् । गत वर्ष ९ हजार १ सय ८३ क्यान्सर,३ हजार ३ सय ४२ मुटु ,मृगौलाको ६ सय ११, हेडइन्जुरी ६७ , स्पाइनल इन्जुरी १८२ जना लगायत अन्य रोगका बिरामीले सेवा लिएका थिए ।

विपन्न नागरिकले उपचार गर्न नसक्ने ठूला रोगको आर्थिक सहायताको लागि सरकारले व्यवस्था गर्दै आईरहेको छ । तर अहिले सम्म पनि जो बिपन्न उसको नाममा कार्यक्रम पुग्न नसकेको सरकारी निकायकै भनाई छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes