राष्ट्रिय युवा संघको पथरीमा विरोध प्रर्दशन - Pahilo Online

राष्ट्रिय युवा संघको पथरीमा विरोध प्रर्दशन

writer

पहिलो अनलाइन

पथरी । देउवा सरकारले खारेज गरेको भूमि आयोगको पूनस्थापनाको माग गर्दै मोरङको पथरीमा राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटिले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटिका युवाहरुले प्लेकार्ड सहित देउवा सरकार विरुद्ध नारा लगाउँर्दै आइतबार पथरी बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध र्याली पछि पथरीको लोकतान्त्रीक चोकमा कोण सभा गरेका थिए । सुकुम्बासी मारा सरकार मुर्दाबाद, भूमिहीन सुकुम्बासी एक हौं, खारेज गरेको भूमि आयोग फिर्ता गर, र सुकुम्बासीहरुको भूमि खोस्न पाईदैन, परमादेश सरकार चाहिदैंन, जस्ता नाराहरुको प्लेकार्ड हातमा बोकी र्र्यालीमा नारा लगाएका थिए । युवा संघका वडा कमिटि, नगर कमिटिका युवाहरु उपस्थित भएका थिए ।

कोण सभामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय महासचिव रमेश आचार्य, नेकपा एमाले प्रदेश सदस्य देवराज भण्डारी, पथरीशनिश्चरे नगरका उपमेयर यामुना विष्ट बास्तोला र शैक्षिक अभियान्ता प्रदिपकुमार राईले सम्बोधन गरेका थिए । वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग खारेज गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमीनको अधिकार सम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको बक्ताहरुले बताएका थिए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय महासचिव रमेश आचार्यले आज पथरीशनिश्चरे नगरका सुकुम्बासीहरु रोइरहेको बताउँर्दै यो भूमि आयोग खारेज गर्ने अधिकार देउवालाई कस्ले दियो रु आयोगका कर्मचारीहरु हटाएर कथित ५ दलका पार्टी कार्यकर्ता भर्ति गर्न सक्थ्यौं नि, आयोग तत्काल पूनस्थापना गर्न आग्रह गर्दै नगरे देश व्यापि आन्दोलन गर्ने चेतावानी दिएका थिए ।

पथरीशनिश्चरे नगरमा ९ हजार ७ सय ९३ घरपरिवारको भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुको लगत संकलन गरिसकेको र ४ हजार ७ सय ८० को कम्युटरमा डाटा इन्ट्री गरेर पठाई सकेको थियौं । कथित ५ वटा दलको गठबन्धन परमादेश सरकारले भूमि आयोग खारेज गरेर सम्पुर्ण सुकुम्बासीको धनीपुर्जा पाउँने हक अधिकार खोसेको उपप्रमुख यामुना विष्ट बास्तोलाले बताइन् । उनीले यो परमादेश सरकारले तत्काल फेरी अर्को भूमि आयोग गठन गरेर स्थानीय तहमा पठाउँछु भन्नु त्यो सम्पूर्ण सुकुम्बासीहरुलाई भ्रममा पार्नु हो, भ्रममा नर्पन आग्रह गरेका छन् । उपप्रमुख विष्टले नगरमा सुकुम्बासीहरुको धनीपुर्जा वितरणको लागि ७० प्रतिशत काम भईसकेको बताईन ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपमहासचिव बिजय डाँगी, सचिब सुनिता कार्की, मनि लुम्फुवा, नविन कार्की लगाएत उपस्थित भएका थिए । त्यसैगरी नेकपा एमाले प्रदेश सदस्य देवराज भण्डारी, युवराज बास्कोटा यज्ञ, जिल्ला सदस्य भोला अधिकारी, मोहन तुम्बापो, पर्शु मिश्र, भगतचन्द्र थपलीया लगाएत पार्टीका नगरकमिटि नेताहरु उपस्थित भएका थिए । कोण सभाको कार्यक्रम युवा संघ नगर कमिटि अध्यक्ष किसान राईले समापन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes