बीपी प्रतिष्ठानमा भोलिबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारीलाई कोभिडविरूद्धको खोप - Pahilo Online

बीपी प्रतिष्ठानमा भोलिबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारीलाई कोभिडविरूद्धको खोप

writer

धरान । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलि बुधबार बाट कोभिडविरूद्धको “कोभिसिल्ड” खोप लगाइने भएको छ । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी अनुसार नै भोलिबाट खोप लगाइने प्रतिष्ठानका सहप्रवक्ता डा। चुडामणी पोखरेलले जानकारी गराए । कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप लगाउनका लागी नेपाल सरकारबाट निर्देशन आएको छ ।

यस्तै, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल र स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूमा समेत खोप लगाउनका लागी निर्देशन आएकोले त्यसै अनुसार खोप लागाइने भएको छ । सहप्रवक्ता पोखरेलले भने, खोपका लागी आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थकर्मी तथा कर्मचारीहरूमा भोली विहान साढे १० बजेबाट पेइङ वार्ड २ मा खोप लगाउने कार्य सुरू गरीनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes