सहिदभूमीमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण - Pahilo Online

सहिदभूमीमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

writer

धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाले विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तर्गत बालबालिका र ज्येष्ठ नागरिकलाई न्यायो लुगा प्रदान गरेको छ । गाँउपालिका भित्रका बालबालिकाहरुका लागि न्यानो स्वीटर हस्तान्तरण गरिएको छ भने ज्येष्ठ नागरिकलाई जाडोमा ओड्ने न्यानो कम्बल वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बालबिकास देखि कक्षा ३ सम्मका सबै विधार्थीलाई चिसोबाट बचाउनको लागि स्वीटर वितरण गरेको गाउँपालिका अध्यक्ष मनोज राइले बताए ।

गाँउपालिकाको विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७७ । ०७८को ५ लाख बजेटबाट स्वीटर खरीद गरी गाँउपालिका भित्र रहेका ३९ वटा विद्यालयका १ हजार २ सय ७१ जना विद्यार्थीलाई वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । सोमबार स्वीटर हस्तान्तरण कार्यक्रममा छुटेका शहिदभुमीका ४ वटा विद्यालयलाई पनि चाडै हस्तान्तरण गरिने शहदिभुमी गाँउपालिका शिक्षा शाखाका प्रमुख उमेश राईले बताए । यसअघि शहिदभुमी गाउँपालिकाले जेष्ठ, असहायलाई जाडोमा ओड्ने ब्ल्याङ्गकेट वितरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes