प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन - Pahilo Online

प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन

writer

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने कमद पूर्णत ः असंवैधानिक रहेकोले त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख छ ।

प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष रहने संविधानको स्पष्ट व्यवस्था हुँदाहुँदै बिचैमा प्रतिनिधि सभा विघटन गरेर जनमतमाथि अपमान र कुठाराघात भएकोले ज्ञापन पत्र मार्फत त्यसलाई तत्काल सच्याउन माग गरिएको छ ।यसैबीच अनेरास्ववियुले पनि प्रधानमन्त्रीलाई संविधानको राम्रो अध्ययन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत संविधानको किताब पठाएको छ ।प्रमुख जिल्ला अधिकारीले प्राप्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइने जानकारी गराएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes