सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर - Pahilo Online

सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आजबाट विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य जाँच शिविर सुरु गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिमार्फत वडा वडामा शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत आज वडा नम्वर १ मा शिविर सम्पन्न भएको छ । शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै अपाङ्गता परिचयपत्र निर्माण तथा नविकरणको काम समेत गरिएको छ । नगर प्रमुख एवम् अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिलीपकुमार राईले शिविरको उद्घाटन् गरे ।


नगर प्रमुख राई, उपप्रमुख एवम् अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति संयोजक यमुना विष्ट वास्तोला र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य नगरलाई अपाङ्गता भएका व्यक्तिहरुको जन्म सून्यमा झार्ने लक्ष्यमा यो सहित विभिन्न कार्यक्रम गर्ने त्रिपक्षीय योजना तय भएको बताए ।

शिविरमा, सामान्य तथा कान र आखाँको समेत गरी १ दर्जन बढीको जाँच र १० जनाको परिचयपत्रको नविकरण भएको छ । पुस २३ गते वडा नम्वर २ मा, २४ गते ३ मा, २६ गते ४ मा, २७ गते ५ मा, २८ गते ६ मा, २९ गते ७ मा, माघ २ गते ८ मा, ४ गते ९ मा र ५ गते १० मा शिविर सञ्चालन हुने अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समितिकी फोकल पर्सन तथा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जानकारी दिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes