कार्तिक ६ गते सम्म पथरी शनिश्चरे नगर र वडा कार्यालयहरु बन्द - Pahilo Online

कार्तिक ६ गते सम्म पथरी शनिश्चरे नगर र वडा कार्यालयहरु बन्द

writer

पथरी शनिश्चरे । जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण बढदै गएपछि मोरङको पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयहरु कार्तिक ६ गतेसम्मका लागि बन्द गरिने भएको छ ।कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको हिजोको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले जानकारी दिए ।उनले नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्बर वडाको शहरी स्वास्थ्य केन्द्रको सेवा समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको बताए। कार्यालयको अत्यावश्यक सेवा र स्वास्थ्य सस्थाबाट दैनिक औषधि सेवन गर्नेका लागि औषधि वितरणको प्रबन्ध गरिने छ ।समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा अध्यक्ष राइले कोरोना संक्रमितहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरवासीलाई अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

वडाध्यक्ष सहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरि हिजो ८ जनामा कोरोना देखिएपछि आकस्मिक बैठक बसेर अनिवार्यरुपमा भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन अनुरोध गरिएको हो । १२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध गरिएको छ । स्वास्थ्य सतर्कताको सूचना प्रवाह गर्न आज बिहान माइकिङ गरिने भएको छ ।बुधबार मात्र नगरका कर्मचारी सहित ९ जनामा कोरोना भाइरस देखिएको थियो ।हालसम्म जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारी र समुदायका गरि ४३ जना, क्वारेन्टिनमा रहेका १६ जना र बाहिरबाट संक्रमीत भएका समेत नगरका कुल ७२ जनामा कोरोना देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes