आफ्नै बुवालाई स्तनपान ! - Pahilo Online

आफ्नै बुवालाई स्तनपान !

writer

पहिलो अनलाइन

एउटा पेन्टिङ संसारभरी भाइरल भयो । जसले युरोप लगायत संसारभरी आध्यात्म, पवित्रता, मानवीय मूल्य,मान्यता र प्रेमका बीच वहस ल्याएको छ । यो पेन्टिङ यूरोपका प्रसिद्ध कलाकार बारतोलोमिओ एस्तेवन मुरिलोले बनाएका थिए । यो उनका चर्चित पेन्टिङ मध्ये पर्छ । यो पेन्टिङमा एउटा बृद्ध स्तनपान गरिरहेका देखिन्छन् ।

यसको वास्तविकता अर्कै थियो । एकजना बृद्धलाई जेल सजाय भयो । र उनलाई जेलमा भोकै राख्ने सजाय सुनाइयो । ति बृद्धकी एउटा छोरी थिइन् । उनकी छोरीले दैनिक बुवालाई भेट्न आग्रह गरिन् । त्यही अनुसार स्थानीय प्रशासनले भेट्ने अनुमति दियो । भेट्न जादा उनको खानतलासी लिइन्थ्यो । उनलाई केही खानेकुरा लग्नै दिइदैन्थ्यो ।

भोकै रहेका बृद्धको अवस्था बिग्रदै गयो । बुवाको यो अवस्था देखेर छोरी पनि दुखित हुन्थिन् । तर केही गर्न सक्दैन्थिन् ।

यो सब देखेर चिन्तित छोरीले बाबुलाई मर्नबाट जोगाउन स्तनपान गराउन थालिन् । जसले गर्दा बृद्धको अवस्था सुध्रिदै गयो । एक दिन चौकीदारले स्तनपान गराइरहेको देखे र उनलाई समातेर स्थानीय प्रशासकलाई बुझाइदियो ।

यो घट्नाले हल्लीखल्ली मच्चियो । मान्छेहरु दुई धु्रवमा विभाजित भए । एउटा समूहले पवित्र नातालाई बिगारेको अपराध भने त अर्को समूहले बुवाप्रतिको छोरीको प्रेमका रुपमा अथ्र्याए ।

धेरै बहस भयो । र अन्त्यमा बाबु र छोरीलाई रिहा गरिदिए । यसै घटनालाई उनले कलाकार मुरिलोले पेन्टिङमा उतारेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes