चोरबाट बच्न यस्तो हर्कत - Pahilo Online

चोरबाट बच्न यस्तो हर्कत

writer

पहिलो अनलाइन

के सुरक्षा जाँचको क्रममा तपाई कहिले आफ्नो सामानको हिफाजतलाई लिएर चिन्तित हुनुभएको छ ? चीनकी एक महिला रेल–स्टेशनमा जाँचको क्रममा आफ्नो व्यागलाई लिएर यो हदसम्म चिन्तित भइन् कि उनी ब्यागसँगै एक्सरे मेसिनबाट गुज्रिन पनि अफ्ठयारो मानिनन् ।

आफैमा एक अनौठो यो मामला पछिल्लो आइतबार भएको हो । दक्षिणी चीनको ड्रगग्वान रेलवे स्टेशनको एक कर्मचारीले जब सामान जाँच गर्ने एक्सरे मेसिनको मनिटरमा यी महिलाको छाया–चित्र देखिन्, तब उनी आफै अचम्मित बनेकी थिइन् ।

एक अनलाईन भिडियो मार्फत यो पूरा घटना अगाडी आएको हो । पछिल्लो आइतबारबाट चीनमा नयाँ वर्षको छुट्टी शुरु भएकाले रेल स्टेशन निक्कै भीड थियो । चीनमा बिहिबार नयाँ वर्ष मनाइँदै छ । भिडियोबाट प्रष्ट हुन्छ कि यी महिलाले पहिला आफ्नो सूटकेसलाई कन्वेयर बेल्टमा राखिन र ह्याण्डव्याग लिएर स्टेशन तर्फ अघि बढीन ।

तर जब उनलाई सबै व्याग एक्सरे मेसिनमा राख्नुपर्ने भनियो तब उनी आफै कन्वेयर वेल्टमा चढीन् र सामानको साथसाथै अर्को तर्फ पुगिन । यो दौरान उनको एक्सरे इमेज ‘क्याप्चर’ भयो जसमा उनी आफ्नो सामानको पछाडी घुँडा टेकेर बसिरहेकी थिइन् । उनलाई देखेर सुरक्षाकर्मीहरु पनि दङ्ग परेका थिए ।

ति महिलाको ह्याण्डव्यागमा त्यस्तो के थियो जसका कारण ती महिला त्यति चिन्तित थिइन् भनेर चाँही जानकारी पाइसकिएको छैन । तर चीनमा नयाँ वर्षको अवसरमा घर फर्कनेहरुले ठूलो परिणाममा नगद बोकेका हुन्छन् भन्ने आम विश्वास गरिन्छ ।

स्थानिय मिडियाका अनुसार यो घटनापछि ड्रगग्वान स्टेशनका कर्मचारीहरुले यात्रीहरुलाई मेसिनमा नचढ्न चेतावनी दिन थालेका छन् ।

बी. बी सी. हिन्दीबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes