लुकाएर राखिएको ग्याँस नगरपालिकाद्वारा बरामद - Pahilo Online

लुकाएर राखिएको ग्याँस नगरपालिकाद्वारा बरामद

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको स्थानीय बजार अनुगमन समितिले लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरी उपभोक्तालाई बिक्री वितरण गर्न अनुमति दिएको छ ।
पथरी शनिश्चरे नगरपालिका–१ स्थित रत्नचौकमा रहेको कोशी ग्याँस डिलरको विक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती ग्याँस सिलिन्डर बरामद गरिएको हो । बजारमा ग्याँसको कालोबजारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि समितिले अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
अनुगमन समितिकी संयोजक एवं नगर उपप्रमुख देविमाया काफ्ले र अनुगमन निरीक्षक एकराज खत्रीको उपस्थितिमा ग्याँस सिलिन्डर बरामद गरिएको हो । समितिले एकपटकका लागि माफी दिँदै बरामद गरिएका सिलिन्डर पसलमा ल्याएर उपभोक्तालाई बिक्री वितरण गर्न अनुमति दिएको जनाएको छ ।
यसैक्रममा समितिले वडा नं. १ मा रहेको दिपक हार्डवेयरमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा हार्डवेयरको बिल–विजक लगायतका कागजात निरीक्षण गरिएको थियो । त्यहाँ ग्याँस लुकाएर राखेको नपाइएको भए पनि ग्याँस बिक्री वितरणको प्रमाण–पत्र नभेटिएको अनुगमन निरीक्षक खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार सञ्चालक दिपक बस्नेतले ग्याँस बिक्री वितरणको प्रमाण–पत्र आजै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । र, आज नै ४ सय ५० वटा ग्याँसको भरि सिलिन्डर आउने र वितरण गरिने पनि बस्नेतले बताउनुभयो ।
समितिले तिरुपति ग्याँस डिलर (प्रिमा ग्याँस), रिजालको ग्याँस तथा कोशी ग्याँसका अन्य डिलरहरूमा समेत अनुगमन गरेको छ ।
अनुगमनमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, राजश्व शाखा प्रमुख तारा ढकाल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भीमराज राई, अनुगमन समितिका सदस्य, नगर प्रहरी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बजारमा ग्याँसको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगरपालिकाले बजार अनुगमनलाई थप तीव्रता दिएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles