सम्राट खनाल ‘द भ्वाइस अफ किड्स’को फाइनलमा - Pahilo Online

सम्राट खनाल ‘द भ्वाइस अफ किड्स’को फाइनलमा

writer

पहिलो अनलाइन

मोरङ । द भ्वाइस किड्स नेपाल सिजन ५ का चर्चित प्रतियोगी सम्राट खनाल फाइनलमा प्रवेश गर्न सफल भएका छन्।  कैलालीको टीकापुरका सम्राट बालबालिकालाई गायन क्षेत्रमा स्थापित गर्दै आइरहेको शोमा सुदूरपश्चिमबाट फाइनल प्रवेश गर्ने उनी एक्ला बाल गायक हुन् ।

टीकापुर नगरपालिका वडा नं. १ का ११ वर्षीय खनाल गायक सत्यराज आचार्य नेतृत्वको टिम सत्यबाट फाइनलमा प्रवेश गरेका हुन् । खनालसँगै टिम सत्यबाट कविना राई समेत फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार राती सम्पन्न सेमिफाइनल राउण्डबाट फाइनल प्रवेश गर्नेमा गायक वाङदेन शेर्पा नेतृत्वको टिम वाङदेनबाट शुभाष्ना खड्का र क्रियशन राना समेत फाइनल प्रवेश गरेका छन् ।

टीकापुरस्थित रेडियण्ट मन्टेश्वरी इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययरत खनालले सयौं प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल प्रवेश गरेका हुन् ।

शनिवार राति ९ बजेदेखि नै फाइनल राउण्डका लागि भोटिङ खुल्ला भएको छ । दर्शकले दिएको भोटका आधारमा सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले द भ्वाइस अफ किड्सको उपाधी उचाल्नेछन् ।

हिमालय टेलिभिजनमा प्रसारण भइरहेको प्रतियोगिताको शुरुवातमा टिम मिलनमा रहेका सम्राट ब्याटल राउण्डबाट स्टिल भएर टिम सत्यमा प्रवेश गरेका थिए ।

कुनै पनि सांगीतिक कक्षा नलिएका सम्राटले सानैदेखि आधुनिक गीतहरु गाउँदै आएकोमा प्रतियोगिता आमदर्शक, शुभचिन्तकको भोटिङबाट फाइनल प्रवेश गरेको उनका बुबा डम्बर खनालले बताएका छन् ।

विद्यालयले सञ्चालन गर्ने रेडिण्न्ट स्टार २०८१ मा फस्ट रनरअप भएका सम्राटका दाजु अर्पण खनालले भिडियो बनाएर अडिसनमा पठाएका थिए । खनालले सबैलाई भोटिङ गरेर विजेता बनाई दिन आग्रह गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles