ग्रामथानमा  भिलेज प्रोफाइल सम्बन्धी कार्यशाला - Pahilo Online

ग्रामथानमा  भिलेज प्रोफाइल सम्बन्धी कार्यशाला

writer

बाबुराम मुडियारी

मोरङ/ मोरङको ग्रामथान गाउँ पालिकाले डिजिटल भिलेज प्रोफाइल निर्माणका लागि तयारी प्रारम्भिक कार्यशाला आइतबार सम्पन्न गरेको थियो ।

गाउँ पालिकाले  डिजिटल  भिलेज प्रोफाइल  निर्माणका  बारेमा  छलफल , राय, सुझाव का लागि  प्रतिनिधि मुलक सहभागितामा आयोजना गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई ले  जानकारी गराएकाछन् ।

यस डिजिटल भिलेज प्रोफाइलका लागि गाउँ पालिकाले २८ देखी ३० जना सम्म गणक वडाका टोल टोल सम्म खटाइने तयारी रहेको पनि वहाँले बताउनुभयो। गाउँ पालिका बाट खटिएका गणकहरूले गाउँ पालिकाले निर्माण गरेको सफ्टवेयरमै   सूचकहरू भर्ने व्यवस्था मिलाएको बताउनुभयो ।कार्यशालामा सूचकहरूको बिषयमा छलफल गरिएको थियो।

कार्यशालामा गाउँ पालिकाका कार्यवाहक अध्यक्ष गुणावती देवी थारू, गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई , वडा अध्यक्ष हरू, समाज सेवी, समाजिक संघ संस्थाका प्रतिनिधिहरू, शिक्षक, राजनीतिक दलका प्रतिनिधि , गाउँ पालिकाका कर्मचारी लगायतको सहभागी रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles