आज थप ५३५ जनामा कोरोना संक्रमण, रसुवा बाहेक सबै जिल्लामा संक्रमण - Pahilo Online

आज थप ५३५ जनामा कोरोना संक्रमण, रसुवा बाहेक सबै जिल्लामा संक्रमण

writer

काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको ९५६१ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५३५ कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामध्य रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् । जसमा पाल्पामा ९०, कैलालीमा ५८, गुल्मीमा ५६, सर्लाहीमा ४७, रौतहटमा ३४, स्याङ्जामा ३३, प्युठानमा ३०, नवलपरासी पूर्वमा २४, सिराहामा २३, सप्तरी १५, डडेलधुरामा १५, वैतडीमा १४, दाङमा १३, रुपन्देहीमा १२, तनहुँ ११, मोरङ् ११, सप्तरीमा ११, धनुषामा १०, अर्घाखाँचीमा ९, डोटीमा ७, नवलपरासी पश्चिम ५, चितवनमा ५, सिन्धुपाल्चोकमा २, अछाममा २, जाजरकोटमा १, महोत्तरीमा १, ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles