कानेपोखरी । कोशी प्रदेश सीएचआईटीएफ तेक्वान्दो संघको आयोजना तथा कानेपोखरी गाउँपालिकाको सहयोगमा आयोजित दुईदिने कोशी प्रदेशस्तरीय रेफ्री तालिम तथा सेमिनार कोर्ष आइतबार सम्पन्न भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वडा नं. ६ का अध्यक्ष खड्ग बस्नेत, नेपाल सीएचआईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्षद्वय आस्मा श्रेष्ठ र नितेन कुमार रौनियार विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
यसैगरी कार्यपालिका सदस्य सुशीला श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष विकेश श्रेष्ठ, मोरङ सीएचआईटीएफ तेक्वान्दोका अध्यक्ष विद्यानन्द चौधरी, जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, सिंहदेवी माविका प्रधानाध्यापक धर्मराज थापा, रमाइलो जेसिजका उपाध्यक्ष अर्जुन कोइराला, कानेपोखरी स्काउटका संयोजक होम न्यौपाने, पर्ल एकेडेमी प्लस टु ब्लक तथा अल सोलुसन प्रालिका निर्देशक होमकुमार मोते, पत्रकार केदार चौहान तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहन भट्टराईलगायतको उपस्थिति रहेको थियो।
दुईदिने तालिम तथा सेमिनारमा ५२ जना खेलाडी सहभागी भएका थिए भने १० जनाले ए, बी र सी लेभलको रेफ्री तालिम प्राप्त गरेका आयोजकले जनाएको छ। तालिमको सहजीकरण नेपाल सीएचआईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष आस्मा श्रेष्ठ र नवलपरासीका प्रशिक्षक नितेन कुमार रौनियारले गरेका थिए।
कार्यक्रमको अध्यक्षता कोशी प्रदेश सीएचआईटीएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले गरेका थिए। आयोजकका अनुसार यस्ता तालिमले प्रदेशमा दक्ष रेफ्री उत्पादन गर्नुका साथै तेक्वान्दो खेलको गुणस्तरीय विकास र प्रतियोगिताको प्रभावकारी सञ्चालनमा टेवा पुग्ने विश्वास गरिएको छ।


