शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ सखुवारामा स्थापित श्री बुद्ध माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा खेलकुद सप्ताह समापन, अक्षयकोष पुरस्कार वितरण कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।
आज विद्यालय हातामा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि तुम्वापोले वार्षिकोत्सव तथा खेलकुद सम्प्ताह र अक्षयकोष पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगरका शिक्षा शाखा प्रमुख नविन खुलाल, वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।