पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो ३९ औं अभिभावक दिवस तथा वार्षिकोत्सव धुमधामसँग मनाएको छ ।
शनिबार भएको सो कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । तुम्वापोले विद्यालयका उत्कृष्ट छात्र छात्रा तथा अभिभावकहरुलाई पुरस्कार तथा सम्मान गर्दै विद्यालयलाई थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि नगरका शिक्षा शाखा प्रमुख नविन खुलालले सारगर्भिक भनाइहरु राख्नुभएको थियो । यस्तै अभिभावकको तर्फबाट हेमसागर चापागाई, सम्मानित अभिभावकहरुको तर्फबाट अम्बिका न्यौपाने र विद्यार्थीको तर्फबाट जोयल धमला र नविन पाण्डेले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रमको अन्त्यतिर विद्यालयका निर्देशक एवं प्राचार्य रविन कन्दङ्वाले अतिथि र अभिभावकहरुलाई सम्वोधन गर्दै विद्यालयको प्रगति र भावी कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले ¥याम्स, गायन, नृत्य, नाटक र ¥याम्प शो गर्दै विद्यालयको गीत ‘हामी एभरेष्टको..’ प्रस्तुत गर्दा उपस्थिति अतिथि र अभिभावकहरुले पूर्ण मनोरञ्जनको आभाष गरेका थिए ।