पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ मा स्थापित श्री सुँगाहाट माध्यमिक विद्यालयको ६५ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
आज विद्यालय हातामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले विद्यालयलाई जग्गादान गर्नुहुने दाताहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । सम्मानित हुनेहरूमा बुद्धिलाल राजवंशी, मदन बहादुर राजवंशी, चन्द्र बहादुर राजवंशी, दिपेन्द्र न्यौपाने, विरबहादुर राजवंशी, कर्णबहादुर राजवंशी, हेमन्त बिष्ट, चन्द्रबहादुर पराजुली र कविता पराजुली लगायत रहनुभएको थियो ।
यसैगरी प्रमुख तुम्वापोले नवनिर्मित सरस्वतीको मन्दिरको रिबन काटी उद्घाटन पनि गर्नुभयो ।
स्थापना दिवसको अवसरमा विद्यालयका छात्र छात्राहरु नृत्य र पिटी प्रस्तुत गरिएको थियो भने शिक्षक शिक्षिकाहरुले आर्कषक नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।
वडा नं. ५ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतेन्द्र खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख नविन खुलालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।