मोरङ / ग्रामथान गाउँ पालिका वडा नं २ झोराहाट झंगडाईटोल अवस्थित दुर्गा आधारभूत विधालयमा अध्ययनरत ५०जना विधार्थी हरूलाई impactful outreach Sacramento California USA education is power नामक नेपाल द्रारा गरिव तथा विपन्न बालबालिका हरूको शिक्षा मा नियमित गराउने अभिप्राय अनुसार विहिवार एक कार्यक्रमको आयोजना गरी विधालयमा वितरण गरिएको छ।
सो ५५००० हजार बराबरको सामग्री परिवारजनहरूको उपस्थितिमा गरिएको छ। वितरण गरेको शैक्षिक सामग्रीहरू स्कुल व्याग, कपी , पेन्सिल ,कलम, विधालय पेशाक लगाएत सामग्री विधार्थीहरूलाई वितरण गरिएको छ। सहयोग अमेरिका अध्ययनरत सम्बृद्धि अधिकारीले उपलब्ध गराएका थिए। कार्यक्रममा विधालयका प्रधानाध्यापक यदु कुमार लुईटेल, शिक्षक शिक्षिका, विधालय व्यवस्थापन समिति अध्यक्ष सृजना मुडियारी , स्थानीय समाजसेवी , विधार्थी लगायतको उपस्थित रहेको थियो।