पथरी शनिश्चरे न्यायिक समितिद्वारा अवलोकन भ्रमण - Pahilo Online

पथरी शनिश्चरे न्यायिक समितिद्वारा अवलोकन भ्रमण

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिको टोलीले ५ दिने न्यायिक समितिको अध्ययन अवलोकन र भ्रमण पूरा गरेको छ ।
टोलीले न्यायिक कार्यसम्पादन तथा काम कारवाही सम्वन्धमा अन्तरपालिकाको बीच अनुभवहरू आदान प्रदान गरेको छ ।
न्यायिक समितिले जेठ २३ गते धनकुटा नगरपालिकाबाट अध्ययन अवलोकन सुरु गरेको थियो । त्यसपश्चात् न्यायिक समितिले भोजपुर नगरपालिका, दिक्तेल रुपाकोट मझुवागडी खोटाङ, सोलु दुधकाण्ड नगरपालिका सोलुखुम्बु, सिद्धिचरण नगरपालिका ओखलढुंगाको अध्ययन अवलोकन र भ्रमण पूरा गरेको हो ।
सो अवलोकनमा पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं न्यायिक समितिको संयोजक देवीमाया काफ्ले, सदस्यद्वय पदम धिमाल, कल्पना श्रेष्ठ, अधिवक्ता एवं कानूनी सल्लाहकार दीपक राई र कर्मचारी विश्मणि निरौलाको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes