ग्रामथान गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण - Pahilo Online

ग्रामथान गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण

writer

बाबुराम मुडियारी

मोरङ/ मोरङको ग्रामथान गाउँ पालिकाले आज आ.व.२०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण एक कार्यक्रमको आयोजना गरी वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण  गरेको छ।

गाउँ पालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,स्थानीय सहभागी जुट्ने,स्वयम् सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने,महिला , बालबालिका तथा पिछडिएका क्षेत्र र समुदाय लाई प्रत्यक्ष लाभ पुग्ने, लैंङगिक समानता र सामाजिक समावेशीकरण अभिबृद्धि हुने,दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने,भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने, स्थानीय तहले आवश्यक देखेका  र  अन्य बिषयहरू लाई प्राथमिकता दिइने गाउँ पालिकाका कार्यवाहक अध्यक्ष गुणावती देवी थारूले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण  प्रस्तुत गर्नु भएको थियो।

कार्यवाहक अध्यक्ष थारूले नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका सहभागीहरूले दिएको सुझाव लाई आत्मसाथ गर्दै वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिने   बताउनुभयो।

सो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कोशी प्रदेश संसद जयप्रकाश चौधरीको प्रमुख आथित्यतामा र विशिष्ट अथिति कोशी प्रदेश संसद ललीता चौधरी  , अन्य अथितिहरूमा ग्रामथान गाउँ पालिका वडा अध्यक्षहरू, जनप्रतिनिधि, ग्रामथान गाउँ पालिकाका राजनितिक दलका प्रतिनिधि, सामाजिक संघ संस्था का प्रतिनिधि, गाउँ पालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो।

वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अथिति तथा अथिति र सहभागिहरूले नीति तथा कार्यक्रममा छुटेका बिषयहरू लाई सुझावरूपमा आएकोलाई समेटिनुपर्ने कुरामा जोड दिदै सम्रग गाउँ पालिकाको समुन्नत हुने कार्यक्रम हरू संञ्चालन गर्नुपर्ने  आवश्यक रहेको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम ग्रामथान गाउँ पालिका वडा नं २ झोराहाटको गोपी मर्णिका सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes