एभरेष्ट स्कुलकी सेम्रिल बुद्धिचाल प्रतियोगितामा जिल्ला प्रथम - Pahilo Online

एभरेष्ट स्कुलकी सेम्रिल बुद्धिचाल प्रतियोगितामा जिल्ला प्रथम

writer

पहिलो अनलाइन

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलकी सेम्रिल राई ‘जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता—२०८१’ को छात्रातर्फ प्रथम भएकी छन् । मोरङ जिल्ला प्रथम भएकी सेम्रिल राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन् ।

बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार (जेठ १९) उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो । प्रतियोगितामा छात्रातर्फ पथरीशनिश्चरेकै किर्तिपुर एकेडेमीकी समिरा राई दोस्रोहुँदै प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएका हुन् । सेम्रिल र समिरा प्रदेश स्तरीय छनौट प्रतियोगितामा छानिएको प्रमुख आरबीटर (निर्णायक) डम्बर बाछना राईले बताए ।

छात्रातर्फको खेलमा किर्तिपुर एकेडेमीकै स्मारिका गौतम तेस्रो भएका थिए । छात्रतर्फ उर्लाबारी सप्तकोशी बोर्डिङ स्कुलका बिकास घोर्साने जिल्ला प्रथमहुँदै प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन् । त्यसैगरी बिराटनगर—११ को सगरमाथा बोर्डिङ स्कुलका भानु गौतम दोस्रोहुदै प्रदेश स्तरीय प्रतियोगिता खेल्ने भएका छन् । छात्रतर्र्फ शुभ विष्ट तेस्रो भए । सात राउण्डको खेलमा छात्रतर्फ प्रथमहुने घोर्सानेले ६.५ अंक ल्याएका थिए भने दोस्रो र तेस्रो हुने खेलाडीले समान ६ अकं ल्याएका थिए ।

पाँच राउण्ड भएको छात्रातर्फको खेलमा भने तीनै जनाले समान ४ अंक ल्याएका थिए । समान अंक ल्याउने खेलाडीहरुको लागि बुजल्स कटको आधारमा निर्णयहुने आरबीटर गणेश बाछाना राईले बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई बुद्धिचाल संघ मोरङ जिल्ला अध्यक्ष सुरेन्द्र सुवेदी, पुकार राई, बुद्धिचालका राष्ट्रिए खेलाडी लोकसागर साम्बा, आरबीटर डम्बर राईले मेडल लगाइ दिएका थिए । जिल्लाबाट छानिएका १५ बर्षभन्दा कम उमेरका खेलाडी प्रदेश स्तरीय खेल्ने र त्यहाँबाट छानिएपछि राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने बुद्धिचाल संघ मोरङका अध्यक्ष सुरेन्द्र सुबेदीले जानकारी दिए ।

मोरङ जिल्ला छनौट प्रतियोगितामा बिराटनगरदेखि उर्लाबारीसम्मका छात्रा, छात्र गरेर ७३ जना सहभागी रहेका थिए । छनौट प्रतियोगिता खेलाउन पथरीशनिश्चरेको पञ्चायत माविबाट १० जना खेलाडी सहभागी गराइएको शिक्षक शम्भू थापाले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes