कान्तिपुर इन्स्टिच्युटद्वारा अभिमुखीकरण - Pahilo Online

कान्तिपुर इन्स्टिच्युटद्वारा अभिमुखीकरण

writer

बाबुराम मुडियारी

मोरङ/ विराटनगर २ स्थित कान्तिपुर इन्स्टिच्युटले एक दिने अभिमुखीकरण आईतवार सम्पन्न गरेको छ। विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रङ्गेली का विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो।

मेडिकल एवं इन्जिनियरिङ क्षेत्रमा विराटनगरकै एक भरपर्दो संस्था रहेको र विद्यार्थीहरू यहाँबाट सिके पश्चात इन्ट्रान्समा नाम निकाल्न सक्ने क्षमता भएर जाने गरेको कान्तिपुर इन्स्टिच्युटका संस्थापक सदस्य प्रशान्त दासले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री माननीय केदार कार्कीले शैक्षिक क्षेत्र विद्यार्थीको लागि आवश्यक रहेको र यस प्रकारका अभिमुखीकरणले विद्यार्थीलाई प्रबल बनाउने बताएका छन्।कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles