पथरीमा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताः सातौ राउन्ड - Pahilo Online

पथरीमा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताः सातौ राउन्ड

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को सातौ राउन्ड सकिदा सुनसरीका राजेन्द्र राई ६.५ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा रहेका छन् ।

सातौ राउन्डको खेलमा पथरीशनिश्चरे नगरमा स्थापित आयोजक फ्रेन्डसीप चेस क्लवका सचिव लोकसागर साम्बासँग बराबरी खेलेका थिए । राजेन्द्र राईसँग बराबरी खेलेका लोकसागर साम्बाले पनि ६ अंक जोडेर शीर्ष तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी सातौ राउन्डमा काठमाडौका नवीन तन्डुकरले सुश्रुत दाहाललाई पराजित गरेका छन् । तन्डुक  ६ अंक जोडेर शीर्ष दोस्रो स्थानमा रहेका छन् । तन्डुकर पूर्ब नेपाल च्याम्पियन हुन भने दाहाल यही प्रतियोगिताको पहिलो सस्करण बिजेता खेलाडी हुन् ।

भोली ८ र ९ औ राउन्डसँगै प्रतियोगितासँगै बिजेता खेलाडीहरुका लागि नगद, ट्रफी तथा प्रमाणपत्रहरु वितरणसँगै कार्यक्रम समापन हुने आयोजक समितिका अध्यक्ष अमिर राईले बताए ।

प्रतियोगिताको १५ औँ स्थान हाँसिल गर्ने खेलाडीहरु र विभिन्न २१ बिधामा गरेर ३६ जनालाई ३ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सस्थाको अध्यक्ष अमिर राईले बताए ।

प्रतियोगिताको बिजेतालाई ५१ हजार, दोस्रोलाई ३५, तेस्रोलाई २५, चौथोलाई २० हजार लगायत १५ औं सम्मका खेलाडीहरुलाई जनही १० हजारको दरले र बिधागत सबैलाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको क्लवका उपाध्यक्ष रोहित सुब्बाले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes