गजल महफिल आयोजना गर्दै जेसीज सप्ताहको समापन - Pahilo Online

गजल महफिल आयोजना गर्दै जेसीज सप्ताहको समापन

writer

छविराज ढकाल

 

पथरिशनिश्चरे / पथरी जेसीजले १४ औँ वार्षिकोत्सव तथा जेसीज सप्ताहको समापनमा मोरङ्गको पथरी शनिश्चरेमा गजल महफिल कार्यक्रमको आयोजना गरेको छ। आज शनिबार पथरी जेसीजले पथरी शनिश्चरे वडा नं १ को हरियाली सामुदायिक वनको सभाहलमा आफ्नो जेसीज सप्ताह तथा १४ औं वार्षिकोत्सव केक काटेर भव्यताका साथ सम्पन्न गरेको हो।

सो कार्यक्रमकी प्रमुख अतिथि तथा कोशी प्रदेशकी सांसद् गीता तिम्सिनाले जेसीज आस्थामा भने झैँ शासन व्यक्तिको नभई विधिको हुनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभएको छ। पथरी जेसीजले सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नम्बर ६ गेलावारीमा बस्दै आएका अति विपन्न ऋषिदेव परिवारका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका लागि ७ वर्षे योजना अगाडि सार्दै जेसीज गाँउ घोषणा गरेकोमा प्रशंसा गर्नुभयो। झापा, मोरङ, सुनसरी र धनकुटाका ७ जना गजलकारहरूले सुमधुर तथा कर्णप्रिय गजलहरू वाचन गर्दै पथरी शनिश्चरे नगरीलाई गजल महफिलमा दर्शक तथा श्रोताहरूको मन खिच्दै सुन्दर गजलहरू पस्कनु भएको थियो।

पथरी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा सीआई सेनेटर राजकुमार विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे वडा नं १ मा बसोबास गर्दै एक दर्जन बढी खोजमूलक पुस्तक लेखन तथा लेखन लेखन तथा प्रकाशन गर्नुहुने खोज अनुसन्धानकर्ता दिपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानित गरिएको थियो।

लेखक तिम्सिनाले मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नम्बर २ एक चिनारी, जेसिज दस्तावेज विगतदेखि वर्तमानसम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरीशनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो, माईखोलादेखि पुनर्वास सम्म, इतिहासमा गुमनाम विषे नगर्ची, जस्ता पुस्तक प्रकाशन गर्नुभएको छ। सो कार्यक्रमका दर्शक तथा श्रोताहरूलाई सुनसरीका राजन भट्टराई, मोरङ उर्लाबारीका टिका खड्का राष्ट्रप्रेमी, उर्लाबारीकै मुना आत्रेय, सुनसरी धरानकी तारा दिप्साली राई, दमक झापाकी कल्पना आचार्य, धनकुटा पाख्रीबासका निश्चल भण्डारी र मोरङ पथरीका ओम प्रकाश शर्मा अभिन्नले आफ्ना सुन्दर गजलहरु वाचन गरेर मन्त्रमुग्ध पार्नुभएको थियो।

पथरी जेसिजकी महासचिव निर्मला भट्टराईले उद्घाटन कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने साहित्यतर्फको कार्यक्रमको सञ्चालन दिपक दियालोले गर्नुभएको थियो।। उक्त अवसरमा पथरी जेसीजका पूर्व अध्यक्ष अशोक शङ्करले शुभकामना मन्तव्य राख्नुभएको थियो भने साहित्यकार- पत्रकार भूपेन्द्रराज तिम्सिना, साहित्यकार लक्ष्मीप्रसाद फुयाल, पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप राई, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, विभिन्न मातृ तथा भगिनी शाखाहरूबाट जेसिज पदाधिकारीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

पथरी जेसीजका उपाध्यक्ष नगेन्द्र बहादुर घिमिरेको संयोजकत्वमा जेसीज सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नं १०का डाँस मोरङ्गी गंगा आर्यघाटमा सरसफाई, सचेतना बोर्ड स्थापना, वडा नं २ को पथरी नगर अस्पताल परिसरमा सरसफाई सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes