पथरी जेसिजद्वारा जनकल्याण आविका विपन्न छात्र छात्राहरुको लागि अक्षय कोष स्थापना - Pahilo Online

पथरी जेसिजद्वारा जनकल्याण आविका विपन्न छात्र छात्राहरुको लागि अक्षय कोष स्थापना

writer

छविराज ढकाल

पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे -०१ को लोकतान्त्रिक चोकमा पथरी जेसीजले होली मिलन सांगीतिक कार्यक्रम -२०८० को आयोजना गरेको छ। आज सोमबार पथरीशनिश्चरे वडा नं. ०४ को जनकल्याण आधारभुत विद्यालयका विपन्न तथा गरिव छात्र छात्राहरुको लागि आर्थिक सहायता पुर्याउन अक्षय कोष स्थापनार्थ कार्यक्रम आयोजना भएको हो।

कार्यक्रमका अतिथिहरु लाई स्वागत गर्दै हालसाल पथरी जेसीजले ‘बिलिभ ईन योरसेल्फ ‘ लेखिएको टि सर्ट बिक्री गरीरहेको र बिक्री कार्य सकिएपछि संकलित रकमलाई केहि दिनमै उक्त विद्यालयमा अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पूजा थापाले उल्लेख गर्नु भयो । सोहि क्रममा पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्माले त्यहा अध्यनरत अति विपन्न वर्गका बालबालिकाहरूको शिक्षाको लागि खर्च गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको प्रष्ट् पार्नु भयो।

” लागु पदार्थ सेवन गर्दैनौ( “Say not to drugs ) भन्ने जनचेतनामुलक सन्देश तथा “हाम्रो प्रतिभा हाम्रो शान; पथरी शनिश्चरेको गौरव नेपालको शान ” भन्ने मुल नाराका साथ पथरी शनिश्चरे वडा नम्वर ०१ का वडा अध्यक्ष भीम कुमार राईद्वारा उद्घाटित सो कार्यक्रममा राष्ट्रिय स्तरका लोकप्रियता कमाएका स्थानीय चर्चित गायक – गायिका तथा नृत्यांगनाहरूले आ आफ्ना बेजोड प्रस्तुतिहरू दिएका थिए।

उक्त अवसरमा नवपुस्ताका लोकप्रिय गायक नन्दु गुरूङले ‘मुटु त ढुक ढुक कलेजाे भ्याट भ्याट, संग संगै कान्छी , मन पराउँछु भन्छे उसले .., मेरो सपनामा आउने तिमी को हौ? लगायतका आधा दर्जन गीतहरू गाउँदै माया बटुलेका थिए भने स्थानीय गायिका संगिता गहतराजले ‘ मिठो बोली देऊ ” गीत गाएर स्रोताहरूलाई मनोरञ्जन दिएकी थिईन्। सोहि क्रममा चर्चित नृत्यकार रिबिता राईले ” काले दाई ,काले दाई .. बोलको गीतमा सुन्दर नृत्य गर्दै स्टेज एकाएक तताएकी थिईन्। कार्यक्रममा स्थानीय गायक कुमार राई , राज लोहार ,सुमन राई ,गायिका रोशनी गुरुङ तथा अन्य नवप्रतिभाले समेत स्टेजमा आ आफ्ना बेजोड प्रस्तुति दिएका थिए।

कार्यक्रममा विभिन्न रंगहरू प्रयोग गरी उल्लासमय वातावरणमा दर्शक र श्रोताहरू ‘वान्समोर’ भन्दै ‘ छमछमी’ झुमेका थिए। पथरीशनिश्चरे १० को सुजना डान्स सेन्टर र वडा नम्वर ०२ को पथरी डान्स सेन्टरका कलाकारहरूले समेत सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए। पथरी शनिश्चरे वडा नम्वर ०१ का वडा अध्यक्ष भीम कुमार राईले ब्यानर पढेर उद्घाटन गर्नुभएको सो कार्यक्रमको अध्यक्षता पथरी जेसीज अध्यक्ष एवम् जेसीई सिनेटर राजकुमार विश्वकर्माले गर्नु भएको थियो।

कार्यक्रम संयोजक पूजा थापाले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा पथरीशनिश्चरे ०४ को रहेको श्री जनकल्यांण आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर गुरुङ्ग र प्रधानाध्यापक आन्नद घिमिरे, स्थानीय समाजसेवी प्रदीप कुमार राई, लगायतको उपस्थिति थियो। सोहि अवसरमा पथरीशनिश्चरे ०२ की समाजसेवी वर्षा कंसाकारलाई पथरी जेसीजले बिक्री गरीरहेको टि-सर्ट बेचेर अक्षयकोष स्थापना गर्ने कार्यमा विशेष सहयोग पुर्याएको भन्दै कदरस्वरूप सम्मान गरिएको थियो।

पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन महासचिव निर्मला भट्टराई र जेसी सुमन कुरूङवाङले गर्नुभएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes