सहनशील महिला समाजको अध्यक्षमा यशोदा खतिवडा - Pahilo Online

सहनशील महिला समाजको अध्यक्षमा यशोदा खतिवडा

writer

पहिलो अनलाइन

पथरी ।   पथरी शनिश्चरे नगरको वडा नम्बर ३ को सुवेदी चोकमा अवस्थित सहनशील महिला समाजको ११ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ। विसं २०५६ सालमा स्थापना भएको उक्त सहकारी संस्थाको नयाँ कार्यसमिति चयन पनि गरेको छ।

उक्त साधारण सभामा नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यशोदा खतिवडा, सचिवमा रञ्जिता लिम्बु, कोषाध्यक्ष- रिता चुडाल रहेका छन् भने सदस्यहरू क्रमशः मिना लिम्बु, पुनम खतिवडा निर्वाचित भएका छन्।

अन्य बाँकी पदाधिकारीहरूको चयन आगामी बैठकमा एक उपाध्यक्ष र एक सदस्य मनोनित गरिने जानकारी नवनिर्वाचित अध्यक्ष यशोदा खतिवडाले जानकारी दिइन।

सो सभामा सामाजिक अभियान्ता, विभिन्न पार्टीका पार्टीप्रतिनिधिहरू तथा वडा नं ३ का वडाध्यक्ष विजय लिम्बु , वार्ड सदस्यहरू क्रमशः टंक पराजुली, चन्द्रप्रकाश चेम्जुङ, दलित महिला सदस्य सम्झना नेपाली , महिला सदस्य झन्केश्वरी अधिकारी, जनता उच्च माध्यमिक विद्यालयका पूर्व शिक्षक एवं स्थानीय साहित्यकार कृष्णप्रसाद अधिकारीको समेत उपस्थिति थियो। उक्त संस्थाले विगतमा इलेक्ट्रिसियन, सिलाई बुनाई लगायत महिला हकहितमा काम गर्दै आएको थियो ।

केही वर्षदेखि विभिन्न कारणले बन्द भएको सो संस्थाले पुनः महिला हक हित र स्वरोजगारको क्षेत्रमा काम गर्ने भन्दै संस्थालाई चलायमान बनाउने उद्देश्यले साधारणसभा आयोजना गरि सम्पन्न गरेको जनाईएको छ। उक्त संस्थाको सभामा ‘अबका दिनमा सुचारु ढंगले सञ्चालन गर्न हामी सबै जोडतोडले लाग्नुपर्छ’ भन्दै वडा नम्बर ३ का अध्यक्ष विजय लिम्बुले शुभकामना मन्तव्य दिएका थिए।स्थापना कालदेखि अहिलेसम्म तुलसा देवी निरौलाको अध्यक्षतामा सो संस्था सञ्चालन भइरहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes