सिता छधारे सामुदायिक वनको अध्यक्षमा पुनः अमृता - Pahilo Online

सिता छधारे सामुदायिक वनको अध्यक्षमा पुनः अमृता

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित सिता छधारे सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले पुनः अमृतामाया तामाङलाई अध्यक्षमा चयन गरेको छ । समूहको कार्यालय परिसरमा शनिबार सम्पन्न विशेष साधारणसभाले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

समूहको उपाध्यक्षमा सावित्रा रोक्का खत्री, सचिव राजकुमार लिम्बु, सह–सचिव सुष्मिता लिम्बु र कोषाध्यक्षमा खगेन्द्र कठायत चयन भएका छन् । यसैगरी, सदस्यहरुमा सिता शेर्पा तामाङ, रणबहादुर खड्का, विनोद धिमाल, चन्द्रकान्त भट्टराई, ललिता कार्की, सुरज कार्की, मागवती ऋषिदेव, भुवन राई, गायत्रमान कार्की र संगीता माङ्लाक रहेका छन् ।

साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर अध्यक्ष मैना फुयल, वडा सदस्य जंगबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes