बेकरी तालिमको धरौटी नराख्न आग्रह गदै वडा अध्यक्षलाई ज्ञापन पत्र - Pahilo Online

बेकरी तालिमको धरौटी नराख्न आग्रह गदै वडा अध्यक्षलाई ज्ञापन पत्र

writer

पहिलो अनलाइन

विवेक खतिवडा

पथरी । मोरङको कानेपोखरी गाउँपालिका –२ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको बेकरी तालिममा धरौटी रकम नराख्न माग गर्दै निवेदकहरुले ज्ञापन पत्र बुझाएका छन् । तालिममा सहभागिताको लागि निवेदन दिएका महेश चापागाई, रविन शाह, सौरभ दाहालको नेतृत्वको टिमले तालिम लिनको लागि धरौटी माग नर्गन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

उनीहरुले वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीलाई फागुन १८ गते ज्ञापन पत्र बुझाएका थिए । वडाको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत एक महिने बेकरी तालिममा सहभागिहुन वडा कार्यालयले ३ हजार रकम वडालाई बुझाउनु पर्ने माग सूचना गरेका छन् । फागुन १३ गते वडा कार्यालयबाट प्रकाशित सूचनामा ३ हजार रकम धरौटी अनिर्वाय बुझाए मात्र तालिममा सहभागि हुन पाउने नत्र तालिममा सहभागि हुन नपाउने जनाएका थिए । त्यस्तै अघिल्लो आर्थिक बर्षमा वडाबाट तालिम लिएकाहरुले यस पटक नपाउने पनि सूचना गरिएको छ । प्रथम पटक माघ ४ गते वटाबाट प्रकाशित सूचनामा भने धरौटी माग गरेको छैन ।

माघ ४ गतेबाट १५ गते भित्र निवेदन बुझाउने सूचनामा ७२ जना वडाबासीले तालिमको लागि निवेदन दिएका थिए । त्यस्तै दोस्रो फागुन १३ गते प्रकाशित सूचनामा ३ हजार धरौटी अनिर्वाय बुझाउनु पर्ने भएपछि अहिले बेकरी तालिमको लागि ५ जनाले मात्र धरौटी बुझाएको वडा कार्यालयले जानकारी दिएको छ । आर्थिक रुपमा कम्जोर भएका व्यक्तिहरुले पनि तालिम लिन पाउनु पर्ने माग गरेका छन् । वडा अध्यक्ष सुशिल बुढाथोकीले आर्थिक अवस्था कम्जोर भएका व्यक्तिहरुले धरौटी रकम बुझाउनु नपर्ने बताएका छन् । एक महिना सम्म हुने बेकरी तालिम २५ जनाको कोटा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes