नगरका योजना तथा कार्यक्रमहरूको अनुगमन - Pahilo Online

नगरका योजना तथा कार्यक्रमहरूको अनुगमन

writer

पहिलो अनलाइन

पथरी ।  मोरङको पथरी शनिश्चरे नगरको योजना तथा कार्यक्रमको अनुगमन टोलीले नगरका विभिन्न योजनाहरुको अनुगमन् गरेको छ ।
आज नगर उप–प्रमुख एवम् अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा विभिन्न योजनाहरुको अनुगमन गरिएको हो ।
वडा नं. २ को हस्पिटल मार्ग कालोपत्रे, वडा नं. ६ को डाइनिया–पथरी सडक ग्रावेल, वडा नं. ३ को संगम चौकदेखि दुर्गा पञ्चायत मन्दिरसम्म स्तरोन्नति, शनिश्चरे खानेपानी तथा सरसफाईको योजना, वडा नं. १० को संगम चौकदेखि पश्चिमको बाटो स्तरोन्नति र ड्रेन निर्माण लगायतको योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको थियो ।
सो अनुगमनमा समितिका सदस्य एवं वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, सदस्य अन्जना शिवा, सदस्य सचिव शिवकुमार राई, इन्जिनियर सन्तोष केसी र प्राविधिक सहितको टोलीले योजनाहरूको अनुगमन् गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes