अखिल नेपाल यातायात मजदुर संगठनको अध्यक्षमा रवि - Pahilo Online

अखिल नेपाल यातायात मजदुर संगठनको अध्यक्षमा रवि

writer

बाबुराम मुडियारी

मोरङ । अखिल नेपाल यातायात मजदुर संघ मोरङको अध्यक्षमा रवि ठकुरी सर्वसम्मत चयन भएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो ।  समितिको उपाध्यक्षमा भीमसेन शाही, भगवान बस्नेत र सीता बस्नेत चयन भएका छन् । यस्तै सचिवमा संजय शाह, सह–सचिवमा चिरंजीवी रेग्मी, कोषाध्यक्षमा श्याम चौधरी चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साथै नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मण्डलले यातायात मजदुरहरूको हक हितका निम्ति यस संघले विगत लामो समयदेखि योगदान दिइरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि यातायात मजदुरका क्षेत्रमा यस संघले उल्लेख्य योगदान पुर्याउने विश्वास लिएको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा   अखिल नेपाल यातायात मजदुर संघका कोशी प्रदेश अध्यक्ष लीला प्रधान लगाएत अथिति हरूले नव निर्वाचित पदाधिकारी लाई बधाई तथा शुभकामना  मन्तव्य राखेका थिए । कार्यक्रममा यातायात मजदुर, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes