बाल नमुनाले मनायो अभिभावक दिवस - Pahilo Online

बाल नमुनाले मनायो अभिभावक दिवस

writer

भुमिप्रसाद पाठक

पथरी  ।  मोरङ्गको पथरी शनिश्चरे १० मा रहेको बाल नमुना विद्या मन्दिरले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको प्राङ्गणमा आयोजित भव्य तथा सभ्य कार्यक्रमका शिक्षासेवी टंकप्रसाद शर्मा फूयाँलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कक्षा -नर्सरीदेखि १० सम्मका छात्र – छात्राहरुलाई ट्रफी, प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरिएको थियो। सोही क्रममा कक्षा – ५,६,७,८ र ,९ का विद्यार्थीले ईन्फिनेटी मिमर, थ्रिडि हलो ग्राम , ज्वालामुखी, रकेट, हाइड्रोलिक प्रेसर र इलेक्ट्रनिक बेल बनाएको विज्ञान शिक्षक दिपक लिम्बुले जानकारी दिए। उक्त अवसरमा गुरू आमाहरूले अति सुन्दर नृत्य प्रस्तुति दिएका थिए भने विभिन्न तहगतका विद्यार्थीहरूले विविध जातजातिका सांस्कृतिक नृत्य , गायन तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए।

विद्यालयका व्यवस्थापक निर्देशक रूद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईन्ट्रा फाउण्डेशन नेपाल पथरी शनिश्चरेका राम वानियाँ, विद्यालयका संस्थापकहरू क्रमशः वसन्त मादेन, वीर बहादुर घिमिरे, गणेश बिष्ट, हस्तबहादुर राई , श्याम चौहान लगायतका अतिथिहरू उपस्थित रहेका थिए। विद्यालयकी शिक्षिका गीता सुब्बाले स्वागत मन्तव्य राखेकी थिइन भने साे कार्यक्रमकाे संचालन शिक्षक दुर्गाराम भट्टराईले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes