घरेलु तथा साना उद्योग महासंघको अधिवेशन चैत्र ३ गते विराटनगरमा - Pahilo Online

घरेलु तथा साना उद्योग महासंघको अधिवेशन चैत्र ३ गते विराटनगरमा

writer

बाबुराम मुडियारी

मोरङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशन चैत्र ३ गते विराटनगरमा हुने भएको छ । महासंघ अन्तर्गतको महिला उद्यम समिति मोरङको २१ औँ साधरणसभा र १० औँ अधिवेशन सोही दिन अर्थात चैत्र ३गते शनिबार नै विराटनगरमा हुने भएको हो ।

महासंघले बुधवार पत्रकार सम्मेलन गरी अधिवेशनको दिन एक दिने घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुहरूको प्रदर्शन पनि गरिने जानकारी गराएको छ । प्रदर्शनीमा घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको ६० भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतननाथ निरौलाले जानकारी दिए । एक दिने प्रदर्शनीमा कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न बस्तुहरू, चिया, ढाका, जुक्ता, चप्पल, कस्मेटिक र विशेष गरी महिला उद्योगीहरूले उत्पादन गरेको बस्तुहरू प्रदर्शनी राखिने उनले बताए । ‘अहिले घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको बस्तुको बजारीकरण नभएर समस्या भएको छ ।

जसले गर्दा उत्पादित बस्तुले बजार पाएको छैन । खुल्ला सीमाको कारणले चोरी तस्करी भएर विभिन्न बस्तुहरू आयत हुने गर्दछ । जसको प्रत्यक्ष असर यहाँका घरेलु तथा साना उद्योगलाई परेको छ,’ अध्यक्ष निरौलाले भने, ‘यहाँको स्थानीय उद्यमीहरूले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न हामीले प्रदर्शन राख्न लागेका हौँ ।’ २०४७ साल जेठ २४ गते स्थापना भएको महासंघमा देशभरिमा ९० हजार भन्दा बढी उद्यमीहरू सङ्गठित भएका छन् ।

मोरङमा ३० हजार भन्दा बढी घरेलु, साना, कृषि र अन्य उद्योगहरू सञ्चालनमा रहेको अध्यक्ष निरौलाले बताए । ३० हजार भन्दा बढी उद्योगमा ४५ अर्बको लगानी रहेको उनले बताए । तीन लाख भन्दा बढीले रोजगारी पाएको दाबी गरिएको छ । महासंघमा ४ हजार भन्दा बढी सदस्य रहेको, पाँच बस्तुगत संघ, ८ पालिका महासंघ, १७ आजीवन सदस्य रहेको उनले बताए । महासंघको अधिवेशनबाट जिल्ला कार्यसमितिमा २५ जना र महिला उद्यम समितिमा १७ जनाको निर्वाचित कार्यसमिति हुनेछ ।

अधिवेशनका लागि मोरङ जिल्ला बाट ३ सय प्रतिनिधि तथा परिवेक्षक सहभागी हुने छ। यस महासंघ लाई सरकारले लघु घरेलु तथा साना उधोग ,महिला तथा कृषी, वैदेशिक रोजगारी बाट फर्केका युवाहरूलाई लक्षित साथै विभिन्न उधोग हरूको प्रवर्द्धन, विकास र प्राविधिमा यस बर्ष पनि नेपाल सरकार बाट सहगोग रहेको महासंघ ले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes