केराबारी २ सिंहदेवीमा प्रथम हिलेथाम नकआउट फूटबल - Pahilo Online

केराबारी २ सिंहदेवीमा प्रथम हिलेथाम नकआउट फूटबल

writer

किशन शाही

केराबारी । मोरंगको केराबारी २ सिंहदेवीमा अन्तरपालिका स्तरीय प्रथम हिलेथाम नकआउट फुटबल प्रतियोगिता २०८० संञ्चालन हुने भएको छ । हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजना तथा केराबारी गाउँपालिकाको सहयोगमा दुव्र्यसन न्युनिकरणमा सहयोग पुर्याउने, हिलेथाम खेलमैदानको विकास र पर्यटनलाई टेवा पुर्याउने लक्ष्यका साथ शिवरात्रीको अवसरमा अन्तरपालिका स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता फागुन २५ देखि २८ गतेसम्म संञ्चालन हुने जानकारी गराएको छ । प्रतियोगितामा मोरंगको ३ वटा धनकुटाको २ ओटा पालिका सहित विभिन्न ८ ओटा पालिकाको फुटबल टिमको सहभागिता रहने र प्रतियोगिताका विजेताले ७५ हजार र उपविजेतालाई ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाणपत्र पाउँने समितिका अध्यक्ष विक्रम शाहीले बताएका छन् ।

स्थानीय अग्रज समाजसेवीहरुले कोदालो कुटोले पहाडको ढिस्को फोडेर सुरु गरेपनि सहदेवीलाई चिनाउँने सो खेलमैदान निर्माण सम्पन्न भएको लामो समय सम्म पनि प्रयोगमा नआएको र सो खेलमैदान संगै त्यहाबाट कोशी प्रदेशका विभिन्न जिल्ला संगै, तराईका फाटहरु पहाडका मनोरम अग्ला चुचुरा संगै समरणीय दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटन प्रर्बद्धनमा जोड दिन प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता संञ्चालन गर्न ४ झण्डै ४ लाख रुपैया आम्दानी र खर्च हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगिताको प्रचार प्रसारको लागि अफिसियल मिडियाको रुपमा केराबारी अनलाइन खबर र जेफाले सृजना डबली युट्युव च्यानल रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes