छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप जारी - Pahilo Online

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप जारी

writer

पहिलो अनलाइन

पथरी  ।  मोरङको पथरीशनिश्चरे १० को प्रस्तावित खेलमैदानमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप -२०२४ को खेलमा वाई एफ सी विजयी भएको छ। मंगलबार भएको प्रतियोगिताको क्वाटरफाइनलको पहिलो खेलमा डाँगीहाट फुटबल क्लब मोरङ विरूद्ध १ -० को गोल अन्तरले पथरीको वाई एफ सी विजयी भयो।

खेलको निर्धारित समयको ४१ औं मिनेटमा वाई एफ सी, पथरीका जर्सी नं ९ का अंकित लिम्बुले विपक्षीको डिएरिया भित्रबाट गरेको गोल नै विजयको लागि प्रर्याप्त बनेकाे थियाे। सन्सनीपूर्ण प्रतिस्पर्धामा ‘ वाई एफ सी का जर्सी नं ०४ का युकेश तामाङ म्यान अफ दि म्याच घोषित भए। उनलाई संविधान सभाका सभासद् चण्डीप्रसाद राई , पथरीशनिश्चरे १० का वडाध्यक्ष जीवन खतिवडा, पथरीशनिश्चरे नगरका खेलकुद विकास समितिका संयोजक दिपक राई, लगायतले नगद ३ हजार रुपैयाँ सहित ट्रफि प्रदान गरेका थिए।

आजको खेलमा वाईएफ सीका तर्फबाट अन्तराष्ट्रिय खेलाडीहरू क्रमशः ग्लोरी र अलीले पनि खेलेका थिए। भोलिको खेल युएफसी बेलडाँगी र धरान फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes