ग्रामथानका सामुदायिक विधालयमा न्यानो कपडा वितरण - Pahilo Online

ग्रामथानका सामुदायिक विधालयमा न्यानो कपडा वितरण

writer

बाबुराम मुडियारी

मोरङ/ मोरङको ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयले दुई सय ५० जना विधार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । हिजो एक कार्यक्रमको आयोजना गरी  वडा स्थित सामुदायिक विधालयमा अध्ययनरत दुईसय ५० जना विधार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

सो वडा स्थित रानी आधारभूत विधालयमा अध्ययनरत १ सय जना र पब्लिक माविका १ सय ५० जना विधार्थीहरु गरी दुई सय ५० जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको ग्रामथान गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विर नारायण चौधरीले जानकारी दिनुभयो । सो न्यानो कपडा वितरण कार्यक्रममावडा नं ६ का वडा अध्यक्ष चौधरी, वडा सचिव शुशिला दाहाल, वडा सदस्य, विधालय व्यवस्थापनसमितिका पदाधिकारी शिक्षक, विधार्थीहरूको सहभागिता रहेको थियो ।

वडाले समय समयमावडाका बालबालिकाहरूलाई खेलकुदका लगायतका सामग्रीहरू वितरण गर्दै आइरहेको छ । यसैगरी यसअघि ग्रामथान गाउँपालिका ५ नम्बर वडा कार्यालयले पनिसामुदायिक विधालयमा विधार्थी हरूलाई न्यानो कपडा वितरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes