लर्ड बुद्ध बचतद्वारा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता - Pahilo Online

लर्ड बुद्ध बचतद्वारा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता

writer

पहिलो अनलाइन

पथरी ।  मोरङको पथरीशनिश्चरे -२ को लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ” बाल बचतको प्रोत्साहन र फजुल खर्च व्यवस्थापनमा सहकारीको भूमिका” विषयक ५ औं अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ। आज सोमबार होटल साल्पाको सभाकक्षमा सो संस्थाले आफ्नो २२औं स्थापनाको दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो।

न्यू प्यागोडा सरमन ढुंगेल प्रथम, वाल्मीकि माविकी राशी कार्की दोस्रो , चन्द्र किराँतेश्वर माविकी खुशी आड्देम्बे लिम्बु तेस्रो र रेडस्टार माविका विद्यार्थी आराध्य खड्काले सान्त्वना स्थान हासिल गरेका छन्। उनीहरू ४ जनालाई आगामी माघ २५ गते सो साकोसको आफ्नो २२ औं स्थापना दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरी पुरस्कृत गर्ने व्यवस्थापक गणेश कुमार राईले जानकारी दिए।

जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङका कोषाध्यक्ष डि.बी. थापा र नेफ्सकुनका पूर्व संचालक केन्द्रीय सदस्य समेत गोमा नेपालले सो प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगिता साकोसका अध्यक्ष धनराज राई (अमिर ) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा साकोसका कोषाध्यक्ष द्रोण बहादुर खड्का, रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना, चन्द्र किराँतेश्वर माविका प्रधानाध्यापक हर्क जिमी, न्यु प्यागोडा माविकी संचालक दुर्गा सुवेदी दंगाल , लगायतका विभिन्न विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साकोसका सचिव महेन्द्र ढुंगानाले सो संचालन गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes