पथरी शनिश्चरे खेलकुद महोत्सवको सिरिजंगा फाइनलमा - Pahilo Online

पथरी शनिश्चरे खेलकुद महोत्सवको सिरिजंगा फाइनलमा

writer

सन्तोष राई

पथरी ।   युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछि सुवास तामाङले २४ औं मिनेटमा अर्काे गोल गोल थपे । खेलको दोस्रो हाफको २ मिनेटमै पुनः अंकित लिम्बुले गोल थपे । यस्तै दोस्रो हाफको २१ औं मिनेटमा संजोग राईले गोल गरेका थिए भने पुनः २७ औं मिनेटमा सुवास तामाङले गोल थपे ।

खेलको म्यान अफ द म्याच सिरिजंगाका २ गोलकर्ता अंकित लिम्बु घोषित भए । उनलाई वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले नगद रु. २ हजार सहित ट्रफी प्रदान गर्नुभयो । भोलिको खेल नाजारिन वाई.सी. र देविगन्ज एफ.सी. बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes