पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा आज विभिन्न योजनाहरुको अनुगमन गरिएको छ ।
शनिश्चरे दुर्गा मन्दिर पूर्व सिंहवाहिनी मावि जाने बाटो कालोपत्रेको कार्य, बुद्ध माविको भवन निर्माणको कार्य, वडा नं. ८ मा अवस्थित डाँसखोला तटबन्धनको कार्य, वडा नं. २ को कसेनी पुल सम्पन्न र वडा नं. ५ मा भइरहेको पाटेसनको कार्यहरु अनुगमन निरीक्षण गरिएको छ ।
अनुगमनमा संयोजक काफ्ले सँगै वडा नं. ९ का वडाध्यक्ष तथा अनुगमन समितिको सदस्य वीरबहादुर राई, योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, नगरका इन्जिनियर सन्तोष केसी र प्राविधिकहरू रहनुभएको थियो ।