उपभोक्ता समितिहरूलाई अभिमुखीकरण - Pahilo Online

उपभोक्ता समितिहरूलाई अभिमुखीकरण

writer

बाबुराम मुडियारी

ग्रामथान/ मोरङको ग्रामथान गाउँ पालिकाले विभिन्न वडाहरूमा चालु आर्थिक बर्षको विकास निमार्ण कार्यहरू स्थानीय उपभोक्ताहरू मार्फत गर्नुपर्ने विकास निर्माण कार्य गर्नका लागि गठन गरेको गाउँ पालिकाले ७ वटै वडाका उपभोक्ता समिति तथा अनुगमन समितिहरू लाई विकास निर्णय कार्य संञ्चालन गर्नु पूर्व अभिमुखीकरण कार्यक्रम को आयोजना गरी सम्पन्न गरेको छ।

गाउँ पालिकाले समितिहरूको पदाधिकारीहरू लाई आ आफ्नै वडामा भेला गरी संञ्चालन गरेको थियो। अभिमुखीकरण कार्यक्रममा उपभोक्ता समिति तथा अनुगमन समिति हरूका पदाधिकारीहरुले विकास योजना संञ्चालन गर्दा ध्यान दिनुपर्ने निति नियम सम्बन्धी तथा विकास योजना संञ्चालन गरी समितिले भुक्तानी निकासा लगाएतका प्रकृया सम्बन्धी जानकारी गराएको थियो।

अभिमुखीकरण कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारू, गाउँ पालिका उपाध्यक्ष तथा गाउँ पालिकाका अनुगमन समिति संयोजक गुनावती देवी धामी थारू, प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई, वडा अध्यक्षहरू, वडा सदस्य हरू ,योजना शाखाका टेक नाथ घिमिरे, केदार त्रिताल , लेखा शाखाका कर्मचारी, प्राविधिक शाखाका कर्मचारी , लगाएतले उपभोक्ता समिति तथा अनुगमन समिति का पदाधिकारीहरु लाई विकास निर्णय कार्य संञ्चालन गर्नु पूर्व तथा भुक्तानी निकासा लिने सम्बन्धी नीति नियम र प्रकृया सम्बन्धी जानकारी गराएका थिए।

अभिमुखीकरणमा गाउँ पालिकाको गठन भएको उपभोक्ता समिति तथा अनुगमन समिति हरूका पदाधिकारीहरुको सहभागीता रहेको थियो। भिगाउँ पालिकामा उपभोक्ताहरूले विकास निर्माण योजनाका कार्य गर्दा विकास निर्माणकार्यको भुक्तानी लिन धेरै नै कठिनाई तथा झन्झिटिलो भएकोले गाउँ पालिकाले उपभोक्ता समितिले गर्ने विकास योजनाहरूमा सहज र सरल प्रकृयाको निति नियम बनाउनुपर्ने अभिमुखीकरण कार्यक्रममा सहभागिहरूले उपभोक्ता समितिका पदाधिकारीहरूले माग गरेका छन् ।

विगतमा पनि उपभोक्ता समितिहरूले गरेका विकास निर्माण योजनाका कार्य गर्दा भुक्तानी लिन पनि बाँकी रहेकोले त्यसको पनि भुक्तानी निकासाका लागि गाउँ पालिकाका प्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरू सँग अनुरोध गरेका छन् । ग्रामथान गाउँ पालिकाका अभिमुखीकरण कार्यक्रममा खटिएका जन प्रतिनिधि तथा कर्मचारीहरूले विगत बर्षहरूमा विकास निर्माण योजनाका उपभोक्ता समितिहरूले केही निती नियमका सम्बन्धी तथा प्रकृयाहरूका बारे प्रस्ट नबुझि र समितिले गर्नुपर्ने प्रकृयाहरूको जानकारीमा समस्याले गर्दा उपभोक्ता समितिले कार्य संञ्चालन र भुक्तानीमा झन्झिटिलो समस्याको श्रृजना भएको होला बताउनुभयो ।

विकास निर्माण योजनाका कार्य गर्दा उपभोक्ता समितिका पदाधिकारीहरू सगँ तल देखि माथि सम्म आर्थिक बाँडफाट गर्नुपर्ने हुन्छ त्यसको लागि उपभोक्ता समितिहरू सगँ पैसा मग्ने गरेको जानकारी आएको प्रश्नको जवाफ दिदै उपभोक्ता समितिहरू लाई कसैलाई पनि आर्थिक लेनदेन तथा पैसा नदिन पनि कर्मचारी तथा जनप्रतिनिधिहरूले उपभोक्ता समितिहरू लाई जानकारी गराएका छन् । विकास योजना संञ्चालन गर्दा र भुक्तानी लिन समस्या भए गाउँ पालिका योजना शाखा, योजनाका समन्धित कर्मचारी, जनप्रतिनिधिहरू सगँ समन्वय गर्न पनि कर्मचारी र जनप्रतिनिधिहरूले उपभोक्ता समिति हरू जानकारी गराएका थिए।

उपभोक्ता समितिहरू लाई विकास निर्माण योजना संञ्चालन गर्नु पूर्व र कार्य समपन्न पश्चात गर्नुपर्ने निति नियम , प्रकृया सम्बन्धी जानकारी गराई समितिहरू लाई कार्य संञ्चालन गर्न अभिमुखीकरण कार्यक्रमको मार्फत बाट सहज, प्रभावकारी हुने भएकोले निति, नियम ,प्रकृया सम्बन्धी जानकारी गराएको कर्मचारी तथा जनप्रतिनिधिले जानकारी गराएकाछन् । सो अभिमुखीकरण कार्यक्रम गाँऊपालिकाले पौष ६ गते देखि संञ्चालन गरेको थियो। ग्रामथान गाउँ पालिकाले उपभोक्ता समिति हरूले विकास निर्माण योजनाका कार्य गर्दा सरल ,सहज निति नियम हरू बनाउनु पर्ने आवश्यक देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes