सामुहिक लोक नृत्य नगर च्याम्पियन - Pahilo Online

सामुहिक लोक नृत्य नगर च्याम्पियन

writer

भुमिप्रसाद पाठक

पथरी ।  ‘नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण’ भन्ने मूल नाराको साथ सामूहिक लोक नृत्य नगर च्याम्पियन २०८० सम्पन्न भएको छ । आज पथरी शनिश्चरे वडा नं. २ को आयोजनामा बुद्ध चौकमा सो कार्यक्रम भएको हो ।

नगरभरिका संघ, संस्था तथा विद्यालयहरु गरी जम्मा १० वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसअन्तर्गत किरात राई यायोक्खा पथरीशनिश्चरे प्रथम, सुजना डान्स सेन्टर वडा नं. १० दोस्रो र रेडस्टार बोर्डिङ स्कुल वडा नं. २ तेस्रो स्थान ओगट्न सफल भए । वडा अध्यक्ष नैना राईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहेका थिए ।

यसैगरी वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत नृत्य सिड्लिङ मन्टेश्वरीका विद्यार्थीहरुले पस्केका थिए भने वडा सदस्य चन्द्र राईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गायक नन्दु गुरुङ लगायतका स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes