खानेपानी योजना विस्तार - Pahilo Online

 खानेपानी योजना विस्तार

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी योजना विस्तारलाई तिव्रता दिएको छ ।
संस्थाले हाल दैनिक १८ लाख लिटर शुद्ध प्रशोधित खानेपानी वितरण गर्दै आइरहेको छ ।
दिनभरि २४ घण्टा नै वितरण गरिरहेको यो संस्थाले २ लाख २५ हजार लिटर पानी अट्ने क्षमताको कंक्रिट टंकी मार्फत् आफ्ना उपभोक्ताहरूलाई पानी वितरण गर्दै आएको छ । यसलाई बढाएर अब १५ दिनभित्र नै खानेपानीको योजना विस्तार गरिने अध्यक्ष जयराम बिष्टले जानकारी दिनुभयो ।
संस्थाले वडा नं १,२,३ र ७ का २७ सय ४९ उपभोक्ताहरूलाई शुद्ध प्रशोधित पिउने पानी उपलव्ध गराउँदै आएको छ ।
पथरी खानेपानी र नगरपालिकाको सहकार्यमा देबिगन्जदेखि छिमेकी लाईन हुँदै किराँती चौक सम्मको खानेपानीको पाइपलाइन राखिसकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes