महिला जागृति सामुदायिक वनको अध्यक्षमा तुलसा - Pahilo Online

महिला जागृति सामुदायिक वनको अध्यक्षमा तुलसा

writer

पहिलो अनलाइन

तुलसा याक्खा

शनिश्चरे । पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा तुलसा याक्खा निर्वाचित भएकी छिन् ।
गत असोज २५ गते सम्पन्न १६औं चुनावी साधारणसभाको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनको माध्यमबाट याक्खा अध्यक्षमा निर्वाचित भएकी हुन् ।

समितिको उपाध्यक्षमा देवीमाया शेर्मा, सचिवमा तुलसीराम श्रेष्ठ, सह–सचिवमा मुनादेवी पाण्डे निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा भनें टलकबहादुर पाण्डे र चन्द्रकला न्यौपानेको उम्मेदवारी परेको हुनाले आगामी कात्तिक २१ गते हुने मतदानबाट निर्वाचित हुने छन् ।
सदस्यहरुमा सुमित्रा लिम्बु, कविता धिमाल, लक्ष्मिमाया तामाङ, डम्बरकुमारी सुनार, अमर थापा, पिताम्बर बाँस्कोटा, विवेकानन्द पण्डित, कृष्णकुमार राई, वीरबहादुर कार्की, किरण हरसुङ राई रहेका छन् ।

यस्तै, लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नवराज ढुंगाना र अनुगमन तथा न्यायिक समिति संयोजकमा चन्द्र तुम्सा, सदस्यमा एतराज खड्का चयन भएका छन् ।

बन्दसत्रले फेकोफन नगर समिति सचिव हेमभक्त गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो । संयोजक गुरुङ सहित समितिका सदस्यहरु कमल दाहाल र मञ्जु खतिवडा रहेको निर्वाचन मण्डलले निर्वाचन कार्य तालिका अनुसार कात्तिक १५ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखेका थिए । मनोनयन दर्ता प्रकृयासम्म आइपुग्दा अध्यक्षमा तुलसा याक्खाको मात्र उम्मेद्वारी परेको थियो । उपाध्यक्षमा देवीमाया शेर्मा र सुभद्रा राईको उम्मेद्वारी परेकोमा सुभद्रा राईले फिर्ता लिएपछि शेर्मा सर्वसम्मत निर्वाचित भएकी हुन् । यस्तै, सचिवमा तुलसीराम श्रेष्ठ, सह–सचिवमा मुनादेवी पाण्डेको मात्र उम्मेद्वारी परेको हुनाले निर्विरोध निर्वाचित भएका थिए । कोषाध्यक्षमा टलकबहादुर पाण्डे र चन्द्रकला न्यौपानेको उम्मेद्वारी परेकोले आगामी कात्तिक २१ गतेलाई मतदानको समय तोकिएको निर्वाचन समिति संयोजक हेमभक्त गुरुङले जानकारी दिए ।

यस्तै, लेखा समितिको संयोजकमा पनि होमनाथ काफ्ले र नवराज ढुंगानाको उम्मेद्वारी परेकोमा काफ्लेले फिर्ता लिएपछि ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes