पथरीशनिश्चरे १ को आयोजनामा सरसफाई - Pahilo Online

पथरीशनिश्चरे १ को आयोजनामा सरसफाई

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ आज पथरी बजारमा सरसफाई अभियान सम्पन्न गरिएको छ ।
वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–१ को आयोजनामा भएको सरसफाई अभियानमा वडा नं. १ का अध्यक्ष भीम राईको अगुवाई रहेको थियो ।
बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चित बस स्टेन्डमा गएर समापन गरिएको थियो । अभियानका क्रममा फोहोर मैला साथै अनावश्यक तारहरु काटेर हटाइएको थियो ।
अभियानमा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, युवा व्यवसायी तथा समाजसेवी प्रदिपकुमार राई, वडा सदस्यहरु, नेपाल प्रहरी र ट्राफिकको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes