नगरबासीको हितलाई ध्यानमा राखेर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत राईको प्रतिबद्धता - Pahilo Online

नगरबासीको हितलाई ध्यानमा राखेर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत राईको प्रतिबद्धता

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा प्रशसकीय अधिकृतको रुपमा उपसचिब शशि राई आएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा परिवर्तन देखिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट उपसचिव शशि राई पथरीशनिश्चरे नगरपालिका आएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, सरकारी पोसाक अनिवार्य लगाउनु पर्ने, अनडे«समा आए उपयुक्त कारण दिनुपर्ने भएको छ । नगरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको हाजिर खाता प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । यस अघि यस्तो थिएन ।

नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर सार्वजनिक गर्ने परम्पराको सुरु भएको छ । सेवाग्रहीहरुको काम छिटो छरितो ढंगले हुन थालेको बुझिएको छ । यस अघि चिया र नास्ताको लागि मासिक ६० हजारदेखि एक लाखसम्मको बिल उठ्ने गरेको थियो । आफू आएको पहिलो महिनामै ६८ हजारको बिल आएपछि चिया पकाउने ब्यबस्था नगर भित्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए । नगरको पुरानो कर्मचारीहरुबाटै चिया पकाउने ब्यबस्था गरेपछि बार्षिक १०, १२ लाख जति खर्च कटौती हुने भएको छ । सुक्रबार प्रमुख प्रशासकीय अधिकृत शशि राईको आयोजनामा पत्रकारहरुसँग परिचयत्मक कार्यक्रम भएको थियो ।

परिचयको क्रममा पत्रकारहरुले कर्मचारी, शिक्षा, स्वास्थ्य, बिकास निर्माण, खरिद सम्बन्धीहुँदै आएको बिक्रिती नियन्त्रण बारे सुझाव दिएका थिए । पत्रकारहरुले पथरीशनिश्चरेमा अनलाइनको माध्यमबाट कर तिर्ने व्यवस्था मिलाउन समेत सुझाव दिएका थिए । सञ्चारकर्मीहरुको सुझाव पछि आफू कर्मचारी प्रशासन र आफ्नो क्षेत्राधिकार भित्रको बिषय मात्र जिम्मेवार हुने बताए । आफू सेवा भावले लाग्ने, मातहतको कर्मचारीहरुलाई सोही अनुसार नेतृत्व गर्ने उपसचिव राईले बताए । पथरीशनिश्चरे नगरपालिको टेन्डर र खरिद प्रकृयाबाट गुणस्तर नघट्नेगरी पालिका बासीहरुको हितलाई ध्यान राखेर काम गर्ने राई प्रतिबद्धता ब्यक्त गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes