ग्रामथान /मुडियारी समुदायको जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्रले मुडियारी जाति समुदायको प्रमुख पर्व जितियाको अवसरमा विविध कार्यक्रमको आयोजना गरी बृहत कार्यक्रमका रूपमा मनाएका थिए ।
मुडियारी जाति समुदायहरूले जातिय विधि,परम्परा, संस्कार,संस्कृति लाई संरक्षण गर्दै नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्ने उद्देश्यका साथ जितिया पर्व मोरङको कटहरी गाउँ पालिका वडा नं ७ थलाहा डंगटोलीसमितिले ,कटहरी वडा नं ५भौडाहा जंगलटोल समिति तथा रंगेली नगरपालिका वडा नं १,२ले आ आफ्नै वडाहरूमा मनाएको थियो। मुडियारी जाति समुदायहरूको जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी वडा नं ७ थलाहा डंगटोली मुडियारी टोलले जितिया पर्वको अवसरमा जेष्ठ नागरिक सम्मान, समाज सेवी सम्मान, साँस्कृतिक टोलीहरू लाई सम्मान, मुडियारी समुदायको केन्द्र भवन सिलान्यास काय॔क्रम हरू गरी जितिया पर्व बृहत कार्यक्रमका बिच सम्पन्न गरेको थियो।
मुडियारी जाति समुदायहरूका महिला हरू ब्रत बसी जितिया पर्वको जातिय विधि अनुसार जितिया पर्वको आवश्यक पूजा सामग्री हरू जमरा ,चामल,पान , मिठाई, दुबो, चन्दन लगाएत आवश्यक पूजा सामग्री हरू सहित पिपलको हांगा,बेतको लाठ्ठी सहित पूजापाठ गरी मुडियारी जाति समुदायहरूले जितिया गाडने गर्ने गरेका छन् । मुडियारी जाति समुदायले जितिया पर्व मुडियारी जाति समुदायहरूले जितिया पर्व मुडियारी समुदायको टोल टोलहरूमा जितिया पर्व पूजा पाठ गरी सुख शान्ति, सुस्वास्थ्य दिर्घायू ,उन्ती प्रगतिको कामना, मनोकामना सहित नाचगान गरी शुभकामना साटासाट गरी धुमधाम सगँ मनाउदै आएका छन् ।
मुडियारी जाति समुदायले जितिया पर्वमा जितिया गाड्ने र जितिया पर्व मनाऊनाने सुख,शान्ति, दिर्धायु, सुस्वास्थ्य, मनोकामना पुरा हुने जनविश्वास रहेको छ। जितिया पर्वमा मुडियारी जाति समुदायहरूले जितिया गाड्ने र पूजा पाठ गरी मनाउने गरेका छन् । मुडियारी जाति समुदायहरूले जितिया पर्वमा जितिया व्यत्तिगत तथा सामुहिक गरी मनाऊदै आएका छन् । जितिया पर्वमा मुडियारी जाति समुदायको जितिया नृत्य लगाएत नृत्य हरू साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाऊद छन् ।
जितिया पर्व कार्यक्रम का प्रमुख अतिथि मोरङ क्षेत्र नं ४ संघिय संसद तथा संघिय मामिला तथा सामान्य प्रशासन पूर्व मन्त्री अमन लाल मोदी ,विशिष्ट अथिति कोशी प्रदेश संसद जय प्रकाश चौधरी, मुडियारी जाति समुदायको जेष्ठ नगरिक सकली देवी मुडियारी, नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय कोषाध्यक्ष सिता देवी मुडियारी,अथितिहरूमा कटहरी गाउँ पालिका वडा नं ७ वडा अध्यक्ष मनोज चौधरी, माओवादी केन्द्र कटहरी वडा नं ७ अध्यक्ष विनोद चौधरी, नेपाल क्राँगेस कटहरी सचिव बसन्त चौधरी, माओवादी केन्द्र मोरङ सदस्य मोहन राई, किशोर पाण्डे, माओवादी केन्द्र ग्रामथान वडा नं १ अध्यक्ष दिवाकर चौधरी लगाएतको आथित्यतामा गरिएको थियो।
जितिया पर्व अवसरमा आयोजित कार्यक्रमका प्रमुख अथिति तथा अतिथि हरूले मुडियारी जाति समुदायहरूको जातिय पहिचान लाई राज्यले संरक्षण गदै मुडियारी समुदायहरूको राज्यका सरकारहरूले शिक्षा,स्वास्थ्य, रोजगारी, आरक्षण, मुडियारी जाति लाई आदिवासी जनजातिमा सुचिकृत नगरेकोले सुचिकरण गर्नु पर्ने, मुडियारी जाति समुदायको आफ्नै जातिय पहिचान भएकोले मुडियारी जाति समुदायको पहिचान लाई राज्यले मुडियारी जाति समुदायको पहिचान दिनुपर्ने, मुडियारी जाति समुदायको साँस्कृतिक नृत्य , परम्परा, संस्कार,संस्कृति हरू मौलिकता भएकोले सरकाले भाषा, परम्परा,संस्कृति, संस्कार चार्ड पर्व , रितिरिवाज, भेषभूषा, चालचलन, पेशा, रोजगारी, जातिय शिप , जातिय पहिचानका सामग्रीहरू संरक्षण, बाजागाजा, गीत, नृत्य लगाएत लाई स्थानिय सरकार,प्रदेश सरकार ,संघिय सरकारले संरक्षण गनुपर्ने आवश्यक रहेकोले संरक्षणका लागि कार्यक्रम तथा कार्य हरू गर्नुपर्ने कुरामा जोड दिएका थिए।
मुडियारी समुदायहरू मोरङ जिल्ला को ग्रामथान गाउँ पालिकाको झोराहाट झङडाई टोल लगाएत स्थानहरू,कटहरी गाउँ पालिकाको भौडाहा जंगलटोल,थलाहाको डंगटोली मुडियारी टोल, मन्दिर टोलहरू लगाएत स्थानहरू,रंगेली नगरपालिका को नहर टोल,मेजर टोल ,दौलतपुर,भेडीबथानहरू लगाएत स्थानहरू,कानेपोखरी गाउँ पालिका को कारीकोशीटोल लगाएत स्थानहरू, बेलबारी नगरपालिकाको बरियातिझार टोल लगाएत स्थानहरू, सुनसरी जिल्लाको भवानीपुर,छिटाहा, बर्छवा लगाएत टोलहरूको स्थानहरू लगाएतमा बसोबास मुख्य मुडियारी बसोबास थलोको रूपमा रहेको छ।मुडियारी जाति समुदायको मुख्य बसोबास को थलो जिल्ला मोरङ र सुनसरी रहेको छ।
मुडियारी जाति समुदायहरूले जातिय संस्था तथा समुदायहरूले मुडियारी जाति पहिचान राज्यमा आदिवासी जनजातिमा सुचिकृत नगरेकोले समय समयमा मुडियारी जाति समुदाय लाई पनि आदिवासी जनजातिमा सुचिकरणका लागि राज्य तथा सरकार हरू सँग सघर्ष , ध्यानाकर्षण,मुडियारी जातिसमुदायको पहिचान, हक अधिकार,रोजगारी, भाषा,संस्कृति,संस्कार, भाषाभूषा,रितिरिवाज, चालचलन, चार्डपर्व, शिक्षा,स्वास्थ्य, आरक्षण, मुडियारी जाति समुदायको मानवअधिकारको लागि राज्य तथा सरकार ले बेवास्ता गर्ने गरेको छ ।
मुडियारी जाति समुदायहरूको राज्यले तथा सरकारले मुडियारी जाति समुदायको मानव अधिकार सहित राष्ट्रमा मुडियारी पहिचान सहित हक अधिकार, सेवा सुविधा, आरक्षण लगाएत को ग्यारेटी गनुपर्ने नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय सचिव सूर्य मुडियारी ले बताए। मुडियारी समुदायहरूले झाँगड, मुडियारी पनि लेख्ने गरेको पाईन्छ ।
मुडियारी जाति समुदायहरू अल्पसंख्यक तथा अति सिमान्तकृत समुदायमा पर्दछ । मुडियारी समुदायहरूले बहरजतरा पूजा, ग्रामथान पूजा, तिहार,होली, नयाँ बष॔, करम पूजा (कर्मा धर्मा पर्व ) लगाएत पर्व हरू धुमधामका मनाउछन् । मुडियारी जाति समुदायहरूको भाषा राष्ट्रको सूचिमा रहेको छ।